खाेटाङ। प्रदेश १ सरकारले खोटाङको खोटेहाङ गाउँपालिकालाई वारुणयन्त्र (दमकल) र प्रहरी भ्यान उपलब्ध गराएको छ।

गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार गाउँपालिकालाई एउटा दमकल र एउटा प्रहरी भ्यान उपलब्ध गराएको हो।

विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले गाउँपालिका प्रमुख प्रदीपकुमार राईलाई दमकल र प्रहरी भ्यानको चाबी हस्तान्तरण गरेकाे प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए।

उक्त गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकारले केही समयपछि एउटा एम्बुलेन्स पनि प्रदान गर्ने जनाइएको छ।

जस्तापाता र खरको छाना भएको पुरानो संरचनाका घरहरू रहेको गाउँपालिकामा आगलागीका घटना बढी हुने गरेकाले नियन्त्रण गर्न प्रदेश सरकारसँग दमकल माग गरिएको गाउँपालिका प्रमुख राईले बताए।

“दमकल अभावमा गाउँपालिकामा यसअघि भएको आगलागीका कारण ठूलो क्षति व्यहोर्नु परेको थियो”, उनले भने, “प्रदेश सरकारले दमकल र प्रहरी भ्यान उपलब्ध गराएपछि सम्भावित घटना नियन्त्रण गर्न सहज हुने अनुमान गरिएको छ।” रासस

" /> खाेटाङ। प्रदेश १ सरकारले खोटाङको खोटेहाङ गाउँपालिकालाई वारुणयन्त्र (दमकल) र प्रहरी भ्यान उपलब्ध गराएको छ।

गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार गाउँपालिकालाई एउटा दमकल र एउटा प्रहरी भ्यान उपलब्ध गराएको हो।

विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले गाउँपालिका प्रमुख प्रदीपकुमार राईलाई दमकल र प्रहरी भ्यानको चाबी हस्तान्तरण गरेकाे प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए।

उक्त गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकारले केही समयपछि एउटा एम्बुलेन्स पनि प्रदान गर्ने जनाइएको छ।

जस्तापाता र खरको छाना भएको पुरानो संरचनाका घरहरू रहेको गाउँपालिकामा आगलागीका घटना बढी हुने गरेकाले नियन्त्रण गर्न प्रदेश सरकारसँग दमकल माग गरिएको गाउँपालिका प्रमुख राईले बताए।

“दमकल अभावमा गाउँपालिकामा यसअघि भएको आगलागीका कारण ठूलो क्षति व्यहोर्नु परेको थियो”, उनले भने, “प्रदेश सरकारले दमकल र प्रहरी भ्यान उपलब्ध गराएपछि सम्भावित घटना नियन्त्रण गर्न सहज हुने अनुमान गरिएको छ।” रासस

"> प्रदेश १ सरकारले खोटेहाङलाई दियाे दमकल र प्रहरी भ्यान: Dekhapadhi
प्रदेश १ सरकारले खोटेहाङलाई दियाे दमकल र प्रहरी भ्यान
खाेटाङ। प्रदेश १ सरकारले खोटाङको खोटेहाङ गाउँपालिकालाई वारुणयन्त्र (दमकल) र प्रहरी भ्यान उपलब्ध गराएको छ।

गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार गाउँपालिकालाई एउटा दमकल र एउटा प्रहरी भ्यान उपलब्ध गराएको हो।

विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले गाउँपालिका प्रमुख प्रदीपकुमार राईलाई दमकल र प्रहरी भ्यानको चाबी हस्तान्तरण गरेकाे प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए।

उक्त गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकारले केही समयपछि एउटा एम्बुलेन्स पनि प्रदान गर्ने जनाइएको छ।

जस्तापाता र खरको छाना भएको पुरानो संरचनाका घरहरू रहेको गाउँपालिकामा आगलागीका घटना बढी हुने गरेकाले नियन्त्रण गर्न प्रदेश सरकारसँग दमकल माग गरिएको गाउँपालिका प्रमुख राईले बताए।

“दमकल अभावमा गाउँपालिकामा यसअघि भएको आगलागीका कारण ठूलो क्षति व्यहोर्नु परेको थियो”, उनले भने, “प्रदेश सरकारले दमकल र प्रहरी भ्यान उपलब्ध गराएपछि सम्भावित घटना नियन्त्रण गर्न सहज हुने अनुमान गरिएको छ।” रासस

प्रतिक्रिया दिनुहोस्