काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जिसीको निलम्बन फुकुवा गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथाप प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले गृह मन्त्रालयबाट डीएसपी जिसीको निलम्बन फुकुवा गरेको पत्र प्राप्त भएको बताए।
उनीमाथि कञ्चनपरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाको अनुसन्धानको क्रममा प्रमाण नष्ट गरेको र आरोपी भनेर पक्राउ गरिएकालाई यातना दिएको भन्ने अभियोगमा मुद्दा थियो।
उक्त मुद्दामा अभियोग पुष्टि नभएपछि कञ्चनपुर जिल्ला अदालतले गत साउन १५ गते सफाइ थिएको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयले डीएसपी जिसीको निलम्बन फुकुवाका लागि तालुकदार निकाय गृहलाई पत्र पठाएको थियो।
प्रहरीको उच्च अधिकृतको निलम्बन फुकुवा गृह मन्त्रालयले गर्ने गर्दछ। कनिष्ट अधिकृतहरूको भने प्रहरी प्रधान कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्मले फुकुवा गर्ने चलन छ।
प्रहरी प्रवक्ता कडायतले प्रहरी जवान चाँदनी साउद र प्रहरी नायव निरीक्षक रामसिंह धामीको पनि निलम्बन फुकुवा भएको बताए। उनका अनुसार उनीहरूमा कामममा फर्किसकेका छन्। चाँदनी काजमा बझाङ पुगेकी छिन्।
उनीहरूले निलम्बन अवधिको तलब र भत्ता पनि पाउने भएका छन्।
यसैबीच, निलम्बन अवधिमै प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का भने सेवा निवृत्त भएका छन्। उनीहरूले पेन्सन पट्टा बनाइसकेका छन्।
तर, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट र प्रहरी निरीक्षक लोकेन्द्र भट्टको भने निलम्बन फुकुवा भएको छैन। उनीहरू प्रहरी सेवाबाटै बर्खास्तीमा परेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारले सेवाबाटै बर्खास्त गरेपछि पुनरावलोकनका लागि एसपी विष्टले पुनवरावलोकन दिएका छन्। यद्यपि, निर्णय भइसकेको छैन।
२०७५ साउन १० गते निर्मलाको बलात्कारपछि हत्या भएको थियो।
" /> काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जिसीको निलम्बन फुकुवा गरेको छ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथाप प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले गृह मन्त्रालयबाट डीएसपी जिसीको निलम्बन फुकुवा गरेको पत्र प्राप्त भएको बताए।

">