गैरनाफामुलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको ‘रूट परमिट’ खारेज गर्ने निर्णय
<p>काठमाडौं।सरकारले गैर नाफामुलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको ‘रूट परमिट’ खारेज गर्ने निर्णय गरेको छ।</p>
<p>गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसहित दुई मन्त्रालयका पदाधिकारीसहितको बैठकले उक्त निर्णय गरेको हो।</p>
<p>केही यातायात कम्पनीले पुरानै यातायात समितिको सिण्डिकेटलाई निरन्तरता दिन गैरनाफामुलक कम्पनी र एकल स्वामित्वमा रहने गरी यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको हो।</p>
<p>बैठकले सिण्डिकेट खारेजीको यसअघिको गृह मन्त्रालयको निर्णय कार्यान्वयनको अनुगमन बढाउने निर्णय पनि गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
