काठमाडौं। मध्यान्हको करिब १२ बजे। सोह्रखुट्टेस्थित नयाँबजार फलफूल चोकका जीवन लामा आफ्नै होटलमा काम गरिरहेका थिए। होटलमा आएका ग्राहकलाई खाजा बनाउन व्यस्त थिए उनी।
त्यही बेला अचानक विस्फोटको आवाज सुनियो। उनी झसङ्गै भए। कतै बिजुलीको ट्रान्सफर्मर पड्कियो होला भन्ठाने उनले। बाहिर निस्किएर हेरे, तर कहिँकतै केही देखेनन्।
त्यसको १० मिनेटपछि फेरि ठूलो आवाजमा विस्फोट भयो। उक्त विस्फोटको आवाजले उनको कान नै बन्द भयो। भित्तामा भएको टिभी चर्कियो। चार्जमा राखेको मोबाइल भुइँमा बजारियो। त्यतिमात्र कहाँ हो र उनको होटलको भुइँमा लगाइएको टायलसमेत उप्कियो।
“म त आज पृथ्वी नै खस्यो कि क्या हो भन्ने सोचेको थिएँ। कान नै बन्द भएपछि त केही सुनिएन। घरको झ्यालका सबै सिसा झर्‍यामझुरूमै फुटे,” जीवनले भने।
नयाँबजारस्थित नीलकुमारी क्षत्रीको घरमा विस्फोट भएको थियो। विस्फोटमा परेर ११ जना घाइते भएका छन्। विस्फोट भएको घरको झ्याल भित्ताबाट उछिट्टिएर अर्को घरको छतमा खसेको छ।
सिर्जना कँडेल पसल खोलेर बसिरहेकी थिइन्। त्यही बेला उनले चिनेका एक जना मानिस आएर “हाम्रो घरमा आगो लाग्यो, फायर एक्सटेन्स दिनु न भनेका थिए।” सिर्जनाको दाईले के र कसरी लाग्यो भनेर सोध्न नपाउँदै फेरि अर्को पटक चर्को विस्फोट भयो। त्यसपछि त उनीहरूको कान नै बन्द भए। र, त्यहाँको गतिविधिबारे केही पनि चाल पाएनन्।
“नीलकुमारीको घरबाट एक जना दाई फायर एक्सटेन्स माग्न आउनुभएको थियो। त्यसको केही समयमै अर्को विस्फोट भयो। त्यो विस्फोटपछि भने त्यस वरपर घरका सिसा फुटे। त्यही सिसा लागेर बाटोमा हिँड्ने मानिसहरूसमेत घाइते भए,” सिर्जनाले भनिन्।
खाना पकाउने सिलिण्डर पड्किएर विस्फोट भएको अनुमान गरिएको छ। तर, विस्फोटको यथार्थ कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
नीलकुमारीका श्रीमानको हिजोमात्र निधन भएको थियो। उनीहरू घरमा किरिया बसिरहेका थिए। विस्फोटबाट घरको भौतिक संरचना नै भत्किएको छ। उक्त घटनाका कारण वरिपरिका घरमासमेत क्षति पुगेको छ।
चारतले घरको दोस्रो तलामा ग्यास चुहिएपछि विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
विस्फोटमा परेर त्यही घरमा बस्नेसँगै बाहिर हिँडिरहेकाहरू समेत घाइते भएको प्रहरीले जनाएको छ। स्थानीयले भने ग्यास सिलिण्डर नै पड्किएको विश्वास गर्न सकेका छैनन्। “मैले यसअघि पनि थुप्रै पटक सिलिण्डर पड्किएको सुनेको छु। तर, यो त ठूलो बम नै पड्किएको जस्तो आवाज आएको थियो। यो त ग्यास सिलिण्डर हुनै सक्दैन,” प्रत्यक्षदर्शी जीवनले भने।
घरको झ्याल नै भित्ताबाट निक्लिएर अर्को घरको छतमा परेको छ। मानिसहरूको घरभित्र भएको टिभी, पार्किङमा राखेका कारका सिसा नै फुटेका छन्। जसले गर्दा यो घटनालाई स्थानीय आश्चर्य मानेका छन्।
एक जनाको पार्किङ गरेर राखिएको मोटरसाइकलको तेल ट्यांकी नै पड्किएको थियो। “यो घटना त एकदमै अनौठो लाग्यो। मेरो त अहिलेसम्म पनि काम बन्द छ। दिमागले नै राम्रोसँग काम गर्न सकेको छैन,” एक प्रत्यक्षदर्शीले भने।
किरियामा बसेकाहरूलाई समेत सामान्य चोट लागेको छ। उछिट्टिएर आएका सिसाका टुक्रा लागेर उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको जीवनले बताए।
" /> काठमाडौं। मध्यान्हको करिब १२ बजे। सोह्रखुट्टेस्थित नयाँबजार फलफूल चोकका जीवन लामा आफ्नै होटलमा काम गरिरहेका थिए। होटलमा आएका ग्राहकलाई खाजा बनाउन व्यस्त थिए उनी।
त्यही बेला अचानक विस्फोटको आवाज सुनियो। उनी झसङ्गै भए। कतै बिजुलीको ट्रान्सफर्मर पड्कियो होला भन्ठाने उनले। बाहिर निस्किएर हेरे, तर कहिँकतै केही देखेनन्।
त्यसको १० मिनेटपछि फेरि ठूलो आवाजमा विस्फोट भयो। उक्त विस्फोटको आवाजले उनको कान नै बन्द भयो। भित्तामा भएको टिभी चर्कियो। चार्जमा राखेको मोबाइल भुइँमा बजारियो। त्यतिमात्र कहाँ हो र उनको होटलको भुइँमा लगाइएको टायलसमेत उप्कियो।
“म त आज पृथ्वी नै खस्यो कि क्या हो भन्ने सोचेको थिएँ। कान नै बन्द भएपछि त केही सुनिएन। घरको झ्यालका सबै सिसा झर्‍यामझुरूमै फुटे,” जीवनले भने।
नयाँबजारस्थित नीलकुमारी क्षत्रीको घरमा विस्फोट भएको थियो। विस्फोटमा परेर ११ जना घाइते भएका छन्। विस्फोट भएको घरको झ्याल भित्ताबाट उछिट्टिएर अर्को घरको छतमा खसेको छ।
सिर्जना कँडेल पसल खोलेर बसिरहेकी थिइन्। त्यही बेला उनले चिनेका एक जना मानिस आएर “हाम्रो घरमा आगो लाग्यो, फायर एक्सटेन्स दिनु न भनेका थिए।” सिर्जनाको दाईले के र कसरी लाग्यो भनेर सोध्न नपाउँदै फेरि अर्को पटक चर्को विस्फोट भयो। त्यसपछि त उनीहरूको कान नै बन्द भए। र, त्यहाँको गतिविधिबारे केही पनि चाल पाएनन्।
“नीलकुमारीको घरबाट एक जना दाई फायर एक्सटेन्स माग्न आउनुभएको थियो। त्यसको केही समयमै अर्को विस्फोट भयो। त्यो विस्फोटपछि भने त्यस वरपर घरका सिसा फुटे। त्यही सिसा लागेर बाटोमा हिँड्ने मानिसहरूसमेत घाइते भए,” सिर्जनाले भनिन्।
खाना पकाउने सिलिण्डर पड्किएर विस्फोट भएको अनुमान गरिएको छ। तर, विस्फोटको यथार्थ कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
नीलकुमारीका श्रीमानको हिजोमात्र निधन भएको थियो। उनीहरू घरमा किरिया बसिरहेका थिए। विस्फोटबाट घरको भौतिक संरचना नै भत्किएको छ। उक्त घटनाका कारण वरिपरिका घरमासमेत क्षति पुगेको छ।
चारतले घरको दोस्रो तलामा ग्यास चुहिएपछि विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
विस्फोटमा परेर त्यही घरमा बस्नेसँगै बाहिर हिँडिरहेकाहरू समेत घाइते भएको प्रहरीले जनाएको छ। स्थानीयले भने ग्यास सिलिण्डर नै पड्किएको विश्वास गर्न सकेका छैनन्। “मैले यसअघि पनि थुप्रै पटक सिलिण्डर पड्किएको सुनेको छु। तर, यो त ठूलो बम नै पड्किएको जस्तो आवाज आएको थियो। यो त ग्यास सिलिण्डर हुनै सक्दैन,” प्रत्यक्षदर्शी जीवनले भने।
घरको झ्याल नै भित्ताबाट निक्लिएर अर्को घरको छतमा परेको छ। मानिसहरूको घरभित्र भएको टिभी, पार्किङमा राखेका कारका सिसा नै फुटेका छन्। जसले गर्दा यो घटनालाई स्थानीय आश्चर्य मानेका छन्।
एक जनाको पार्किङ गरेर राखिएको मोटरसाइकलको तेल ट्यांकी नै पड्किएको थियो। “यो घटना त एकदमै अनौठो लाग्यो। मेरो त अहिलेसम्म पनि काम बन्द छ। दिमागले नै राम्रोसँग काम गर्न सकेको छैन,” एक प्रत्यक्षदर्शीले भने।
किरियामा बसेकाहरूलाई समेत सामान्य चोट लागेको छ। उछिट्टिएर आएका सिसाका टुक्रा लागेर उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको जीवनले बताए।
प्रतिक्रिया दिनुहोस्