खोटाङ। हलेसी तुवाचुङ नगरपालिका-१ बयक्ताबाट सात किलो अवैध लागुऔषध गाँजा, १७ बोरा सुर्ती, दुई बोरा चुना, एक बोरा सुर्ती प्याक पार्ने प्लास्टिक, दुई थान फलामको दाउ, एक सेट गाँजा बनाउन प्रयोग गर्ने मेसिन, एक बोरा स्टिकर र एक थान अचानोसहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय सुवास राई र २३ वर्षीय अविन नेपाली रहेका छन्।
राईको घरमा गाँजा तथा सुर्ती अवैध रूपमा बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङ, इलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा, सुर्तीलगायत अन्य सामानहरू समेत फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
" /> खोटाङ। हलेसी तुवाचुङ नगरपालिका-१ बयक्ताबाट सात किलो अवैध लागुऔषध गाँजा, १७ बोरा सुर्ती, दुई बोरा चुना, एक बोरा सुर्ती प्याक पार्ने प्लास्टिक, दुई थान फलामको दाउ, एक सेट गाँजा बनाउन प्रयोग गर्ने मेसिन, एक बोरा स्टिकर र एक थान अचानोसहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।राईको घरमा गाँजा तथा सुर्ती अवैध रूपमा बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङ, इलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा, सुर्तीलगायत अन्य सामानहरू समेत फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
">