बन्दुक बोकेर जंगली कुखुरा मार्न जाँदा...

बैतडी। पञ्चेश्वर गाउँपालिका-६ रोडी बस्ने ३४ वर्षीय नरेन्द्र सिंह भण्डारीलाई एक थान भरूवा बन्दुक र सोही बन्दुकमा प्रयोग हुने सिसाको छर्रासहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

अवैध भरूवा बन्दुक बोकी जंगली कुखुरा मार्न गइरहेको अवस्थामा प्रहरी चौकी रोडीदेवल बैतडीबाट खटिएको प्रहरीले सोही गाउँपालिका-१ रोलघाट भन्ने स्थानमा फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्