कैलाली। ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएकी धनगढीकी महिलाको उपचारकाे क्रममा मृत्यु भएको छ।
बुधबार बिहान धनगढी उपमहानगरपालिका-८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाइते भएकी ६५ वर्षीया विर्मादेवी विष्टको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले विर्माको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको बताउँदै घाइते हरीलाल विष्ट र उनकी नातिनिको अवस्था खतरामुक्त रहेको जानकारी दिएका छन्। उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ।
बुधबार नयाँ सिलिन्डर खोलेर बाल्ने क्रममा ग्यास लिक भई विस्फोट भएको थियो। विस्फोट भएर भान्सा कोठाको छत उडाएको र भित्तासमेत भत्काएको थियो।
" /> कैलाली। ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएकी धनगढीकी महिलाको उपचारकाे क्रममा मृत्यु भएको छ।बुधबार बिहान धनगढी उपमहानगरपालिका-८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाइते भएकी ६५ वर्षीया विर्मादेवी विष्टको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ।

">