काठमाडौं। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगे बजारमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। आज विहान भएको दुर्घटनामा परेर मोटरसाइकल चालक १९ वर्षीय राहुल धोबीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका धोबीको जिल्ला अस्पताल तौलीहवामा उपचारको क्रममा मृत्यु भएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उता सिरहाको नरहा गाउँपालिका–५ बलुवामा २ वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु भएकामा मिर्चैया नगरपालिका–८ बस्ने २० वर्षीय जयकुमार यादव रहेका छन्। दुर्घटनामा घाइते भएका जयकुमारको आरके मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जयकुमारकी श्रीमती ईन्दु कुमारी यादव गम्भीर घाइते भएकी छन्। उनको आरके मेडिसिटीमै उपचार भइरहेको छ।
दुर्घटनामा घाइते भएका नरहा गाउँपालिका–५ बलुवाका ३५ वर्षीय दिलिप कुमार यादव र ३० वर्षीय शिवम शर्मा ठाकुरलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।
नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्ने जंगलस्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। नवलपरासी पूर्वी बिनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेकी होटेल व्यवसायी २९ वर्षीया उमाकला शर्माको दुर्घटनामा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
" /> काठमाडौं। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगे बजारमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। आज विहान भएको दुर्घटनामा परेर मोटरसाइकल चालक १९ वर्षीय राहुल धोबीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका धोबीको जिल्ला अस्पताल तौलीहवामा उपचारको क्रममा मृत्यु भएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।उता सिरहाको नरहा गाउँपालिका–५ बलुवामा २ वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु भएकामा मिर्चैया नगरपालिका–८ बस्ने २० वर्षीय जयकुमार यादव रहेका छन्। दुर्घटनामा घाइते भएका जयकुमारको आरके मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जयकुमारकी श्रीमती ईन्दु कुमारी यादव गम्भीर घाइते भएकी छन्। उनको आरके मेडिसिटीमै उपचार भइरहेको छ।

">