काठमाडौँ। बाँकेको प्रहरी चौकी तेलियनपुरबाट खटिएका प्रहरीले बतेहनीबाट फुलटेग्रातर्फ आउँदै गरेको भारतीय नम्बरप्लेटको मोटरसाइकल जाँच गर्दा दुई जनालाई अवैध लागुऔषध गाँजासहित पक्राउ गरेको छ।
घटना बुधबार रातिको हो, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ गलबन्दी नालानजिकबाट प्रहरीले करिब २० किलो अवैध लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरू दुवै नेपाली नै रहेका छन्। उनीहरू २० वर्षीय अजय कुमार चौहान र २० वर्षीय चन्द्रप्रसाद चौहान दुवै बाँके डुडुवा गाउँपालिका–२ बेतहनीका निवासी हुन्। उनीहरूले चढेको मोटसाइकलमा भने भारतीय नम्बरप्लेट यूपी ४० एएल २२४६ नम्बर रहेको छ। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौँ। बाँकेको प्रहरी चौकी तेलियनपुरबाट खटिएका प्रहरीले बतेहनीबाट फुलटेग्रातर्फ आउँदै गरेको भारतीय नम्बरप्लेटको मोटरसाइकल जाँच गर्दा दुई जनालाई अवैध लागुऔषध गाँजासहित पक्राउ गरेको छ।घटना बुधबार रातिको हो, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ गलबन्दी नालानजिकबाट प्रहरीले करिब २० किलो अवैध लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो।

">