पर्सा। ठोरी गाउँपालिका-४ औराही खोलाको बगरबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र १ थान खुकुरी सहित चारजनालाई हिजो बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ठोरी गाउँपालिका-४ बस्ने ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुनबहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा छन्।
उक्त स्थानमा लागूऔषध गाँजा लिएर आउँदै छन् भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले उनीहरुलाई लुकिछिपि बसेको अवस्थामा फेला पारी खानतलासी गर्दा उक्त हातहतियार फेला पारेको हो।
पक्राउ परेकाहरूबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" /> पर्सा। ठोरी गाउँपालिका-४ औराही खोलाको बगरबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र १ थान खुकुरी सहित चारजनालाई हिजो बिहान प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा ठोरी गाउँपालिका-४ बस्ने ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुनबहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा छन्।

">