काठमाडौँ। भक्तपुर नगरपालिका–९ च्याम्हसिंहबाट ५ किलो ३०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपटासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रामेछाप दोरम्वा गाउँपालिका–५ बस्ने ४५ वर्षीय लाल तामाङ, काठमाडौं गौशाला बस्ने सिन्धुली कमलामाई नगरपालिका–९ घर भएका २३ वर्षीय कपिल बस्नेत र भक्तपुर नगरपालिका–९ बस्ने रामेछाप सुनापति गाउँपालिका–४ घर भएका ३० वर्षीय ज्ञान बहादुर तामाङ रहेका छन्।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई मङ्गलबार उक्त सालकको खपटा अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको अवस्थामा फेला पारी पक्राउ गरेको आज जनाएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाइएको ब्यूरोले जनाएको छ।
" /> काठमाडौँ। भक्तपुर नगरपालिका–९ च्याम्हसिंहबाट ५ किलो ३०० ग्राम संरक्षित वन्यजन्तु सालकको खपटासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा रामेछाप दोरम्वा गाउँपालिका–५ बस्ने ४५ वर्षीय लाल तामाङ, काठमाडौं गौशाला बस्ने सिन्धुली कमलामाई नगरपालिका–९ घर भएका २३ वर्षीय कपिल बस्नेत र भक्तपुर नगरपालिका–९ बस्ने रामेछाप सुनापति गाउँपालिका–४ घर भएका ३० वर्षीय ज्ञान बहादुर तामाङ रहेका छन्।

">