स्याङ्जा। स्याङ्जाको कालीगण्डकी गाउँपालिका-६ कोटघरमा गएराति ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ।
जयपतेबाट कोटघरतर्फ ढुंगा लिएर जाँदै गरेको लु. ४ त ५६६ नम्बरको ट्याक्टरबाट सोही ठाउँका २१ वर्षीय कुलबहादुर सिंजापति खसेका थिए। उनलाई ट्याक्टरले किचेको थियो।
पाल्पास्थित मिसन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जयपतेले जनाएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटामा हिजो बेलुकी साइकलबाट लडेर स्थानीय २० वर्षीय लक्ष्मण राना घाइते भएका छन्।
हिजो बेलुका घाइते भएका रानाको धनगढीस्थित महाकाली अस्पतालमा उपचार भइरहेको छ।
" /> स्याङ्जा। स्याङ्जाको कालीगण्डकी गाउँपालिका-६ कोटघरमा गएराति ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ।जयपतेबाट कोटघरतर्फ ढुंगा लिएर जाँदै गरेको लु. ४ त ५६६ नम्बरको ट्याक्टरबाट सोही ठाउँका २१ वर्षीय कुलबहादुर सिंजापति खसेका थिए। उनलाई ट्याक्टरले किचेको थियो।

">