काठमाडौं। एकैदिन काठमाडौं उपत्यकामा ३० वटा सवारी दुर्घटना भएका छन्।
हिजो भएका ती दुर्घटनामा २६ जना घाइते भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउँमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया चन्द्रवती तामाङ घाइते भएकी छिन्।
महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ। मच्छेगाउँबाट ढाक्सीतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको मोटरसाइकलले तामाङलाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो।
दुर्घटनापश्चात मोटरसाइकलसहित फरार रहेका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।
" /> काठमाडौं। एकैदिन काठमाडौं उपत्यकामा ३० वटा सवारी दुर्घटना भएका छन्।हिजो भएका ती दुर्घटनामा २६ जना घाइते भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

">