काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट एकैदिन ९४७ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
सरकारले लागू गरेको जोरबिजोर प्रणाली उल्लंघन गरेका कारण हिजो ती सवारीसाधन कारवाही गरिएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधानमा ७७२ वटा दुई पाङ्ग्रे र १७५ वटा चार पाङ्ग्रे छन्।
कोराना भाइरसको संक्रमण तीव्ररूपमा बढेपछि रोकथाम र नियन्त्रणको लागि नम्बर प्लेटको आधारमा सरकारले उपत्यकामा जोरबिजोर प्रणाली लागू गरेको थियो।
काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ। आज बिजोर नम्बरका सवारीसाधन चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
" /> काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट एकैदिन ९४७ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।सरकारले लागू गरेको जोरबिजोर प्रणाली उल्लंघन गरेका कारण हिजो ती सवारीसाधन कारवाही गरिएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।

">