एजेन्सी। थाइल्यान्ड सरकारले पाँच वा पाँचभन्दा बढी जम्मा हुन तथा राष्ट्रिय सुरक्षामा हानि हुने कुनै पनि समाचार सामग्री वा अनलाइन सन्देश प्रतिबन्ध गर्दै आपत्कालीन आदेश जारी गरेको छ। बिहीबार बिहानै जारी उक्त आदेश राजधानी बैंककमा जारी सडक आन्दोलनलाई मत्थर पार्न लक्षित छ।
यससँगै सरकारविरोधी आन्दोलनका दुई नेताहरू आर्नोन नाम्पा र पानुपोङ जाडनोकलाई बिहीबार बिहान पक्राउ गरिएको छ। प्रहरीले यसबारे कुनै प्रतिक्रिया भने दिएको छैन।
आर्नोनले चियाङ माइ सहरमा दिएको भाषणका कारण उनलाई पक्राउ गरिएको बताइए पनि पानुपोङको पक्राउको कारण भने हालसम्म खुलेको छैन।
गत ३ महिनायता थाइल्यान्डमा आन्दोलन चर्किँदै छ र आन्दोलनकारीहरूले प्रधानमन्त्री प्रायुथ चान–ओचाको कार्यालयबाहिर धर्ना दिइरहेका छन्। उनीहरूले प्रधानमन्त्रीको राजीनामाको माग गरिरहेका छन्। आन्दोलनकारीहरूले राजकीय सवारीलाई समेत रोकेका थिए।
बिहान ४ बजेदेखि लागु हुने गरी उक्त आपत्कालीन आदेश जारी गरिएको हो। यस आदेशसँगै अधिकारीहरूले कुनै निश्चित क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न पाउनेछन्। यस आदेशले “राष्ट्रिय सुरक्षा तथा शान्ति व्यवस्था बिथोल्ने गलत किसिमले ल्याइएका समाचार वा सूचना सम्प्रेशन गर्न आमसञ्चार माध्यम वा अन्य कुनै पनि माध्यमलाई प्रतिबन्ध”समेत लगाएको छ।
बिहीबार लाखौँको सङ्ख्यामा आन्दोलनकारीहरूले प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेका थिए। सन् २०१४ मा कु गरी सत्ता सम्हालेका प्रायुथलाई हटाउन आन्दोलन चर्केको हो। त्यस्तै, उनीहरूले नयाँ संविधानमार्फत् राजा महा वजीरलङ्ककर्नको अधिकार कटौती गर्न पनि माग गरेका छन्।
यसअघि मङ्गलबार आन्दोलनकारीहरूले राजाको सवारीमा चर्को नाराबाजी गरेका थिए भने बुधबार रानी सुथिदाको सवारीमा पनि बाधा गरेका थिए।
" /> एजेन्सी। थाइल्यान्ड सरकारले पाँच वा पाँचभन्दा बढी जम्मा हुन तथा राष्ट्रिय सुरक्षामा हानि हुने कुनै पनि समाचार सामग्री वा अनलाइन सन्देश प्रतिबन्ध गर्दै आपत्कालीन आदेश जारी गरेको छ। बिहीबार बिहानै जारी उक्त आदेश राजधानी बैंककमा जारी सडक आन्दोलनलाई मत्थर पार्न लक्षित छ।यससँगै सरकारविरोधी आन्दोलनका दुई नेताहरू आर्नोन नाम्पा र पानुपोङ जाडनोकलाई बिहीबार बिहान पक्राउ गरिएको छ। प्रहरीले यसबारे कुनै प्रतिक्रिया भने दिएको छैन।

">