काठमाडौँ। न्याय परिषद्ले न्यायाधीश प्रेमराज कार्कीलाई विशेष अदालतको अध्यक्ष तोक्न सरकारलाई परामर्श प्रदान गर्ने निर्णय गरेको छ।
बुधबार बसेको परिषद्को बैठकले उक्त निर्णय गरेको हो। उनी उच्च अदालत दिपायलका न्यायाधीश हुन्।
अदालतको दुई सदस्यमा न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेलाई तोक्न सरकारलाई परामर्श प्रदान गर्ने पनि निर्णय गरेको छ। न्यायाधीश मुसलमान उच्च अदालत सुर्खेत, जुम्ला इजलास र न्यायाधीश पाण्डे उच्च अदालत सुर्खेतका न्यायाधीश हुन्।
यसअघि अदालतका अध्यक्ष शिवराज अधिकारी, सदस्यहरू कृष्ण गिरी र डा. रवि शर्मा थिए। उनीहरूको पदावधि सकिएको छ। यसैबीच, परिषद् बैठकले ८४ जना उच्च अदालतका न्यायाधीशहरूको सरुवा गरेको छ।
" /> काठमाडौँ। न्याय परिषद्ले न्यायाधीश प्रेमराज कार्कीलाई विशेष अदालतको अध्यक्ष तोक्न सरकारलाई परामर्श प्रदान गर्ने निर्णय गरेको छ।बुधबार बसेको परिषद्को बैठकले उक्त निर्णय गरेको हो। उनी उच्च अदालत दिपायलका न्यायाधीश हुन्।

">