काठमाडौं। नेपाल र अस्ट्रियाबीच आज भुर्चअल द्विपक्षीय परामर्श बैठक भएको छ। बैठकमा आपसी हित र सहयोगमा विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भर्चुअल बैठकमा नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयको युरोप तथा अमेरिका महाशाखा प्रमुख निर्मल राज काफ्ले र अस्ट्रियाको नेतृत्व त्यहाँको युरोप तथा अन्तर्राष्ट्रिय मामिला मन्त्रालयको एसिया प्यासेफिक विभागका प्रमुख गाब्रिली मिओन सुर्टजले गरेकी थिइन्।
भर्चुअल परामर्श बैठकमा नेपालका लागि अस्ट्रियाका राजदूत र अष्ट्रियाका लागि नेपाली राजदूत पनि सहभागी थिए।
आगामी दिनमा दुई देशबीच उच्चस्तरको भ्रमणलाई बढावा दिने र आर्थिक सहयोग तथा सहकार्य बढाउने विषयमा छलफल भएको थियो। व्यापार, लगानी, प्रविधि हस्तान्तरण, नविकरणीय उर्जा र पर्यटनका क्षेत्रमा सहकार्य बढाउन लग्नुपर्नेमा दुवै पक्ष बैठकमा सहमत भएका थिए।