भोजपुर। कोभिड-१९ महामारीको जोखिमका कारण बन्द भएका विद्यालयहरूले अभिभावकसँग पढाइ नभएको समयको पनि रकम असुलीको दबाब दिइरहेको बेला भोजपुरको एक संस्थागत विद्यालयले करिब ६० लाखबराबरको शुल्क मिनाहा गरेको छ।
भोजपुर सदरमुकामस्थित सिद्धकाली ईङ्गलिस बोर्डिङ स्कूलले गत वैशाखदेखि असोजसम्म ६ महीनाको फि मिनाहा गरेको हो। त्यस्तै भर्ना शुल्क पनि ५० प्रतिशत छुट गरिएको सञ्चालक सदस्यमध्येका एक शरणकुमार राईले जानकारी दिए।
उनले भने, "महामारीको असर सबैतिर छ। अभिभावकहरूको आम्दानी गुमेकोप्रति ध्यान दिएर हामीले यो निर्णय गरेका हौं। हामीले व्यवसायिकरूपमा मात्र सोचेनौं। अभिभावकको समस्यालाई प्राथमिकतामा राख्यौँ।"
उनीसहित विद्यालयमा नन्दमणी राई र भीमप्रसाद राई गरी तीनजना सञ्चालक छन्।
२६ साल पहिले स्थापना भएको सो विद्यालयमा अहिले प्ले ग्रुपदेखि १० कक्षासम्म ५०० विद्यार्थी अध्ययनरत् छन्।
" /> भोजपुर। कोभिड-१९ महामारीको जोखिमका कारण बन्द भएका विद्यालयहरूले अभिभावकसँग पढाइ नभएको समयको पनि रकम असुलीको दबाब दिइरहेको बेला भोजपुरको एक संस्थागत विद्यालयले करिब ६० लाखबराबरको शुल्क मिनाहा गरेको छ।भोजपुर सदरमुकामस्थित सिद्धकाली ईङ्गलिस बोर्डिङ स्कूलले गत वैशाखदेखि असोजसम्म ६ महीनाको फि मिनाहा गरेको हो। त्यस्तै भर्ना शुल्क पनि ५० प्रतिशत छुट गरिएको सञ्चालक सदस्यमध्येका एक शरणकुमार राईले जानकारी दिए।

">