भाेजपुर। भोजपुरका सबै स्थानीय तहमा कोभिड-१९ अस्थायी अस्पताल निर्माणको काम थालिएको छ।
अस्पताल निर्माणका लागि स्थानीय तहरूले आवश्यक प्रक्रिया अगाडि बढाएका हुन्।
पौवादुङमा गाउँपालिका-४ मानेडाँडा, रामप्रसादराई गाउँपालिका-६ र हतुवागढी गाउँपालिका-४ खैराङमा कोभिड अस्पताल निर्माण गर्ने तयारी थालेका छन्।
केन्द्रबाट आएको परिपत्रअनुसार आवश्यक कर्मचारीका लागि दरखास्त आह्वान गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए।
अध्यक्ष राईले भने, “केन्द्रबाट आएको जानकारीअनुसार हामीले प्रक्रिया अगाडि बढाएका छौँ, वडा नं ४ खैराङमा निर्माण गर्ने लक्ष्यका साथ कर्मचारीको दरखास्त माग गरिएको छ।”
पौवादुङमा गाउँपालिकाले भने आवश्यक स्वास्थ्यकर्मीको समेत छनोट सम्पन्न गरेर केन्द्रबाट आएको परिपत्रअनुसार कामको थालनी गरेको जनाएको छ।
वडा नं ४ मानेडाँडामा निर्माण हुने अस्पतालमा गाउँपालिकाले ल्याबसमेत सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए।
त्यस्तै टेम्केमैयुङ, आमचोक, अरुण, साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाले पनि प्रक्रियामा लागेको जनाएका छन्। अरुण गाउँपालिका र भोजपुर नगरपालिकाले पनि निर्माणको काम थालनी गरेका छन्। रासस
" /> भाेजपुर। भोजपुरका सबै स्थानीय तहमा कोभिड-१९ अस्थायी अस्पताल निर्माणको काम थालिएको छ।अस्पताल निर्माणका लागि स्थानीय तहरूले आवश्यक प्रक्रिया अगाडि बढाएका हुन्।

">