औषधि खानै मान्दैनन् एचआइभी सङ्क्रमित
डाेटी। पूर्वीचौकी गाउँपालिकाकी एक महिला २०६३ देखि एचआइभी सङ्क्रमितहरूले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्। तर, विगत केही महीनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन्।
उनी आफूलाई निको भइसकेकाले अब सधैं औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने जिद्दी गर्छिन्।
एआरटी सेवन गर्न छाडेपछि उनलाई अन्य रोगहरूले सङ्क्रमण गर्न थालेको छ।
उनी जस्तै अन्य सङ्क्रमितले पनि औषधि सेवन गर्न आनाकानी गर्ने गर्छन्।
पछिल्लो समय यस्तो समस्या देखिएको जिल्ला अस्पताल डोटीका डा. गिरीष अवस्थी बताउँछन्।
“लगातार औषधि खाएपछि कमजोर भइन्छ भन्ने एचआइभी सङ्क्रमितमा मानसिकता रहेको पाइयो”, डा. अवस्थीले भने, “लगातार औषधिको सेवन गर्न झण्झट मान्ने रहेछन्।”
जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीडेन्टेन्ट डा. भुषण मिश्रले सङ्क्रमितलाई एआरटीको महत्त्वबारे जानकारी नभएका कारण उनीहरूले बीचमै औषधि सेवन गर्न छाड्ने बताउँछन्।
“लगातार औषधि खाँदा ‘साइड इफेक्ट’ हुन्छ भन्ने बुझाइ एचआइभी सङ्क्रमितमा छ”, डा. मिश्र भन्छन्, “तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन्।”
डोटी जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ सम्पर्कविहीन रहेको जिल्ला अस्पतालका एआरटी शाखाका प्राविधिक कमल रेग्मीले बताए।
जिल्ला अस्पताल डोटीबाट एआरटी सेवन गरिरहेका कूल ७६४ सङ्क्रमितमध्ये हालसम्म १५१ को मृत्यु भइसकेको रेग्मीकाे भनाइ छ।
उनका अनुसार ६० जनालाई जिल्ला बाहिर सिफारिस गरिएको छ।
जिल्लामा रहेका अधिकांश स्थानीयवासी कामका लागि भारत जाने तथा त्यहाँ उनीहरूले गर्ने असुरक्षित यौन सम्पर्कका कारण जिल्लामा एचआईभी बढ्न थालेको छ।
एचआइभी सङ्क्रमितबाट जन्मेका अधिकांश बालबालिकामा समेत एचआईभी देखिएको जिल्ला अस्पताल डोटीको तथ्याङ्कमा उल्लेख गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्