संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा नेपाल पुनः निर्वाचित

काठमाडौं। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‌मा‍ नेपाल पुनः निर्वाचित भएको छ।

राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा भएको निर्वाचनमा नेपाल परिषद् सदस्यका रूपमा पुनः निर्वाचित हुन सफल भएको हो।

नेपाल २०१८ को जनवरीदेखि परिषद्को सदस्य रहँदै आएको छ।

१५० मत पाएर निर्वाचित भएको नेपाल २०२१–२०२३ सम्मका लागि चुनिएको हो।

नेपालसँगै एशिया प्यासिफिक क्षेत्रबाट चिन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन्।

राष्ट्र संघको ७५औं महासभामा भएको निर्वाचनबाट १५ सदस्य राष्ट्र परिषद्‌मा‍ निर्वाचित भएका हुन्।

परिषद्‌मा‍ विभिन्न क्षेत्रगत आधारमा ४७ सदस्य रहने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्