सुनसरी। सामाजिक सञ्जाल इमोमार्फत २५ लाख भारतीय रूपैयाँ चिठ्ठा पर्यो भनी ठगी गरेको अभियोगमा सिरहा नगरपालिका-१२ बस्ने २४ वर्षीय अरविन्द्रकुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
उनले शनिबार राति इटहरी उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय पुरूषलाई इमोबाट फोन गरी ‘तपाईं २०२० को इमो लट्री विजेता भई २५ लाख भारतीय रूपैयाँको हकदार हुनुभयो’ भन्ने जानकारी दिएका थिए।
त्यसपछि उनले नेपाल सरकारलाई ट्याक्स बुझाउन भनि आईएमईबाट अरबिन्द्रकुमार कामतीको नाममा २२ हजार ५०० नेपाली रूपैयाँ पठाउन लगाएका थिए।
सो रकम पाएको केही समयपछि चेकमा सही गर्ने अधिकृतलाई पनि नेपाली ५५ हजार रूपैयाँ दिनुपर्ने भयो भन्दै सोही नाममा रकम पठाउन लगाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
कामतीलाई आइतबार आईएमईबाट रकम लिई हिँडेको अवस्थामा सिरहामा फेला पारी प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
" /> सुनसरी। सामाजिक सञ्जाल इमोमार्फत २५ लाख भारतीय रूपैयाँ चिठ्ठा पर्यो भनी ठगी गरेको अभियोगमा सिरहा नगरपालिका-१२ बस्ने २४ वर्षीय अरविन्द्रकुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।त्यसपछि उनले नेपाल सरकारलाई ट्याक्स बुझाउन भनि आईएमईबाट अरबिन्द्रकुमार कामतीको नाममा २२ हजार ५०० नेपाली रूपैयाँ पठाउन लगाएका थिए।

">