काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ का वडासचिव इन्द्रप्रसाद अधिकारी र प्रशासन सहायक रत्नबहादुर विकविरूद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।
अधिकारी र विकले राजस्व रकम हिनामिना गरेको पुष्टि भएपछि अख्तियारले आज उनीहरूविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
वीरेन्द्रनगर नगरपालिका-४ को वडा कार्यालय भैरवस्थानमा प्रशासन सहायक (करार सेवा) पदमा कार्यरत विकले वडा कार्यालयबाट उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी गरेको थियो।
केही दिनअघि सुर्खेतस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले अनुसन्धानको लागि विकलाई नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा विकले वीरेन्द्रनगर नगरपालिका-४ को कार्यालयबाट राजस्व रकम २० लाख २० हजर ६७ रूपैयाँ संकलन गरेकोमा विभिन्न मितिमा चार लाख १६ हजारमात्र बैंकमा दाखिला गरेको पाइएको थियो।
बैंकमा दाखिला नगरेको १६ लाख तीन हजार ४६७ रूपैयाँ हिनामिना गरेको देखिएको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। अनुसन्धानमा उक्त कार्यमा वडासचिव अधिकारीको समेत प्रत्यक्ष मिलेमतो देखिएको अख्तियारले जनाएको छ।
अख्तियारले आज दायर गरेको मुद्दामा उनीहरूसँग १६ लाख तीन हजार ४६७ रूपैयाँ बिगो दाबी गरिएको छ।
" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ का वडासचिव इन्द्रप्रसाद अधिकारी र प्रशासन सहायक रत्नबहादुर विकविरूद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।अधिकारी र विकले राजस्व रकम हिनामिना गरेको पुष्टि भएपछि अख्तियारले आज उनीहरूविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

">