काठमाडौं। अमेरिकामा केही सातापछि हुन लागेको राष्ट्रपति निर्वाचनका प्रत्याशीद्वय डोनाल्ड ट्रम्प र जो बाइडेन दुवैले प्रसिद्ध संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीको विश्वसनीयताको फाइदा उठाउने प्रयत्नमा छन्।
राष्ट्रपति पदको निर्वाचन प्रचारप्रसार अधिकारीले नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेज प्रमुख डा. फाउचीलाई अप्ठेरोमा पारिदिएका हुन्।
उनी आफ्नो पाँच दशक लामो करिअरमा राजनीतिबाट सधैं टाढा रहँदै आएका विशेषज्ञ हुन्। उनले गत मार्चमा दिएको कोरोनाबारेको एक भिडियो सन्देशलाई ट्रम्पको चुनाव प्रचारका क्रममा विज्ञापनका रुपमा प्रयोग गरिएको छ।
भिडियोमा डा. फाउचीले भनेका छन्, ‘‘म यसको कल्पना पनि गर्न सक्दिनँ कि, कोरोना भाइरस नियन्त्रणमा कुनै अर्को व्यक्तिले योभन्दा राम्रो काम गरोस्।’’ भिडियोमा बोलिएको कुराले ट्रम्पको समर्थन गरिएको जस्तो देखिन्छ। तर उनले कुनै व्यक्तिको प्रशंसा गरेको नभई समग्रमा संघीय सरकारको प्रशंसा गरेको अमेरिकाका चिकित्सकहरुले बताएका छन्।
डा. फाउची स्वयंले आजका मितिसम्म कुनै पनि राजनीतिक दल वा उम्मेदवारको सार्वजनिक रुपमा समर्थन नगरेको बताएका छन्। ‘‘ट्रम्पका चुनाव प्रचार अधिकारीले यो विज्ञापन हटाउनु पर्छ,’’ सोमबार उनले भने, ‘‘यो अत्यन्तै दुर्भाग्यपूर्ण र निराशाजनक कार्य हो।’’
तर ट्रम्पका चुनाव प्रचार अधिकारीहरु भने यसलाई+ हटाउन अनिच्छुक छन्। उनीहरु यसलाई ‘डा. फाउचीको शब्द’ बताइरहेका छन्।
उता, अर्का उम्मेदवार डेमोक्रेटिक पार्टीका बाइडेनले पनि आफ्नो प्रचार र्यालीमा यदि आफूले राष्ट्रपति पदमा निर्वाचन जितेमा डा. फाउचीको सल्लाहमा चल्ने बाचा गरेका छन्। उनी कोरोनालाई आफू र फाउचीसँग जोडेर देखाउन हरसम्भव प्रयास गरिरहेका छन्।
उपराष्ट्रपति पदकी डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले पनि डा. फाउचीको नाम प्रयोग गर्दै आएकी छन्। उनले ट्रम्प प्रशासनले वैज्ञानिकहरुको सल्लाहलाई इन्कार गर्दै कोरोना भ्याक्सिन ल्याउन लागेको, तर आफू भने डा. फाउचीजस्ता विशेषज्ञले भनेको कुराको समर्थन गर्ने बताएकी छन्। (एजेन्सी)
" /> काठमाडौं। अमेरिकामा केही सातापछि हुन लागेको राष्ट्रपति निर्वाचनका प्रत्याशीद्वय डोनाल्ड ट्रम्प र जो बाइडेन दुवैले प्रसिद्ध संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीको विश्वसनीयताको फाइदा उठाउने प्रयत्नमा छन्।राष्ट्रपति पदको निर्वाचन प्रचारप्रसार अधिकारीले नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेज प्रमुख डा. फाउचीलाई अप्ठेरोमा पारिदिएका हुन्।

">