काठमाडौं। सोलुखुम्बुको खुम्बुपासाङ ल्ह्यामु गाउँपालिका-१, बुप्सा बस्ने ७४ वर्षीय तिलकबहादुर राई र उनकै छोरा ४१ वर्षीय मानवीर राईलाई एक थान भरुवा बन्दुक, एकवटा घोरलको छाला, २ थान मृगको खुट्टा र दुम्सीको काँडाहरूसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाइराखेको उक्त हतियार तथा सामान फेला पारेको हो।
अछामको तुर्माखाँद गाउँपालिका-६ स्थित सेलागढी वनजंगलको ओडारमा लुकाइराखेको एक थान भरुवा बन्दुक फेला पारी सोमबार राति प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। सोलुखुम्बुको खुम्बुपासाङ ल्ह्यामु गाउँपालिका-१, बुप्सा बस्ने ७४ वर्षीय तिलकबहादुर राई र उनकै छोरा ४१ वर्षीय मानवीर राईलाई एक थान भरुवा बन्दुक, एकवटा घोरलको छाला, २ थान मृगको खुट्टा र दुम्सीको काँडाहरूसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाइराखेको उक्त हतियार तथा सामान फेला पारेको हो।

">