काठमाडौं। पछिल्लो साढे ९ वर्षको अवधिमा विपद्का घटनाहरुले नेपालमा ७ खर्ब ४३ अर्ब रूपैयाँभन्दा बढीको क्षति गरेको छ।
विपद् जोखिम न्यूनीकरणका नाममा बर्सेनी करोडौं रूपैयाँ खर्च हुँदै आएपनि यसबाट हुने क्षति भने बढ्नुको सट्टा झन् झन् बढ्दै गएको छ।
गृह मन्त्रालय र राष्ट्रिय योजना आयोगको तथ्याङ्क अनुसार साढे नौ वर्षको अवधिमा भूकम्पले ७ खर्ब ६ अर्ब र आगलागी, चट्याङ, बाढी, पहिरो, हावाहुरी, महामारी, हिम पहिरो, शितलहर लगायत अन्य विपद्का घटनाले ३७ अर्ब ७८ करोड ८८ लाख २५ हजार ४५२ रूपैयाँ क्षति गरेको छ।
.jpg)
सबै विपद्का घटनाबाट पछिल्लो साढे ९ वर्षको अवधिमा राज्यले कूल ७ खर्ब ४३ अर्ब ७८ करोड ८८ लाख २५ हजार ४५२ रूपैयाँ बराबरको आर्थिक नोक्सानी व्यहोर्नु परेको छ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार २०६८ वैशाख १ गते देखि २०७७ असोज २६ गतेसम्मको अवधिमा विपद् सम्बन्धी २३ हजार १९२ घटना नेपालमा घटेका छन्।
ती घटनामा परी १३ हजार ५७७ जनाले ज्यान गुमाएका छन् भने १ हजार १२८ जना अझै बेपत्ता रहेका छन्। उक्त अवधिमा विपद्का घटनामा परी ३२ हजार ४४४ जना घाइते भएका थिए। बितेका साढे ९ वर्षको अवधिमा भूकम्पबाट मात्र ८ हजार ९६९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०४ जना घाइते भएका थिए।
सो अवधिमा विपद्का घटनाले ८ लाख ९ हजार २९५ घरमा पूर्ण क्षति र ३ लाख ५७ हजार २९६ घरमा आंशिक क्षति पुर्याएको थियो। ती घटनामा ५ हजार ८१७ गोठ भत्कदा ५ हजार ६४६ चौपायमा क्षति पुगेको थियो। भूकम्पले चौपायमा पुर्याएको क्षति यसमा जोडिएको छैन।
केन्द्रका अनुसार यसै वर्ष मात्र (२०७७ वैशाख १ गते यता) २ हजार ७६ वटा विपद्का घटनाले ८० करोड १९ लाख १६ हजार ११० रूपैयाँ बराबरको क्षति गरेको छ। यो वर्ष विपद्का घटनामा परी ४६७ जनाको मृत्यु भइसकेको छ भने १०२ जना बेपत्ता छन्।
यो वर्ष नेपालमा विपद्मध्ये बाढी, पहिरो र चट्याङले सबैभन्दा बढीको ज्यान लिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेदेखि असोज २६ गतेसम्म बाढी, पहिरो र चट्याङक घटनामा परी ४०२ जनाको मृत्यु, १०१ जना बेपत्ता र ४४७ जना घाइते भएका छन्।
यस वर्ष पहिरोमा परी सबैभन्दा बढीको मृत्यु भएको छ। यो वर्ष पहिरोमा २९५, बाढीमा ४२ र चट्याङ लागेर ६५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङकले देखाउँछ।
राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार २०६८ सालमा विपद्का घटनामा ५२० जनाको मृत्यु भएको थियो भने १ अर्ब ४२ करोड १७ लाख १९ हजार ६४४ रूपैयाँ बराबरको क्षति गरेको थियो।
२०६९ सालमा विपद्का घटनामा परी ४३३ जनाले ज्यान गुमाएका थिए। सोही वर्ष विपद्का घटनाले १ अर्ब ४८ करोड ९४ लाख ६५ हजार ७१७ रूपैयाँ बराबरको क्षति पुर्याएको थियो। २०७० सालमा विपद्का घटनामा ४३१ जनाको मृत्यु भएको थियो भने १ अर्ब ८७ करोड ५० लाख ७४ हजार ६५८ रूपैयाँ बराबरको क्षति गरेको थियो।
केन्द्रका अनुसार २०७१ सालमा विपद्का घटनामा परी ५२१ जनाले ज्यान गुमाएका थिए। उक्त वर्ष विपद्का कारण राज्यले १६ अर्ब ७८ करोड २७ लाख ३६ हजार १४७ रूपैयाँ बराबरको क्षति व्यहोर्नु परेको थियो।
२०७२ सालमा विपद्का घटनबाट राज्यले सबैभन्दा ठूलो क्षति व्यहोर्नु परेको थियो। सोही वर्ष वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो। उक्त वर्ष भूकम्प लगायत अन्य विपद्का घटनामा परी ९ हजार २७३ जनाको मृत्यु भएको थियो। ती घटनाले ७ खर्ब ६ अर्ब ९८ करोड ४२ लाख ४३ हजार ४ सय रूपैयाँ बराबरको क्षति गरेको थियो।

२०७३ सालमा विपद्का घटनामा परी ४८६ जनाको मृत्यु भएको थियो २ अर्ब ९४ करोड ५० लाख १८ हजार ८०६ रूपैयाँ बराबरको क्षति गरेको थियो। यस्तै, २०७४ सालमा विपद्का घटनाले ५८८ जनाको ज्यान लिएको थियो। सोही वर्ष घटेका विपद्का घटनाबाट राज्यले २ अर्ब ७८ करोड ३५ लाख ५५९ रूपैयाँ बराबरको क्षति व्यहोर्नु परेको थियो।
२०७५ सालमा ४५८ जनाको मृत्युको कारण विपद्का घटना बनेका थिए। तीनै घटनाले राज्यलाई उक्त वर्ष ४ अर्ब ४१ करोड ३३ लाख ५२ हजार ४४२ रूपैयाँ बराबरको क्षति गरेको थियो।
२०७६ सालमा विपद्का घटनाले ४०६ जनाको ज्यान लिएको थियो। उक्त वर्ष ती घटनाले राज्यलाई ४ अर्ब ३५ करोड ७६ लाख १९ हजार २६९ रूपैयाँ बराबरको क्षति गरेको केन्द्रको तथ्याङ्कले देखाउँछ।
साढे ५० वर्षमा ४२ हजार १० जनाको मृत्यु
गृह मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो साढे ५० बर्षमा बिभिन्न प्रकारका विपद्का घटनाबाट साढे ४२ हजार १० जनाको मृत्यु भएको छ। सबैभन्दा बढीको मृत्यु महामारीका कारण भएको देखिन्छ। यो मृत्युहरु २०२७ देखि २०७७ असोज २६ गते सम्मको अवधिमा भएका हुन्।
आगलागी, चट्याङ, बाढी, पहिरो, हावाहुरी, महामारी, हिम पहिरो, शितलहर, भूकम्प लगायतका विपद्का घटनाबाट उनीहरुको मृत्यु भएको हो। नेपालमा विपद्का घटनामा परी साढे ५० बर्षको अवधिमा ५७४ जना मानिस बेपत्ता भएका छन्।
नेपाल विपद् प्रतिवेदन, २०१९ (नेपाल डिजास्टर रिपोर्ट) अनुसार पछिल्लो साढे ५० बर्षमा सबैभन्दा बढी नेपालीको ज्यान महामारीले लिएको छ।

यो अवधिमा महामारीबाट नेपालमा १६ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ। पछिल्लो समय कोरोना महामारीबाट नेपालमा ६४५ जनाको मृत्यु भइसकेको छ। यो समेत जोड्दा बितेको साढे ५० वर्षको अवधिमा महामारीबाट नेपालमा १७ हजार २४३ जनाको मृत्यु भइसकेको छ।
प्रतिवेदन अनुसार नेपालमा महामारी र भूकम्पपछि सबैभन्दा बढी ज्यान लिने विपद्का घटनामा बाढी, आगलागी, पहिरो, चट्याङ रहेका छन्।
" /> काठमाडौं। पछिल्लो साढे ९ वर्षको अवधिमा विपद्का घटनाहरुले नेपालमा ७ खर्ब ४३ अर्ब रूपैयाँभन्दा बढीको क्षति गरेको छ।विपद् जोखिम न्यूनीकरणका नाममा बर्सेनी करोडौं रूपैयाँ खर्च हुँदै आएपनि यसबाट हुने क्षति भने बढ्नुको सट्टा झन् झन् बढ्दै गएको छ।

">