फाइल तस्वीर।
यी सडकमा आज सवारी नलगेकै राम्रो
काठमाडौं। काठमाडौं उपत्यकाका केही सडकमा मर्मत सम्भारको काम चलेका कारण प्रभावित भएका छन्।

प्रभावित भएका सडकलाई बन्द वा एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको छ।

मर्मतका कारण सडक प्रभावित हुँदा सवारी चालकहरूलाई भने अप्ठेरो परेको छ।

काठमाडौंको चुच्चेपाटीबाट चावहिलतर्फ आउने लेनमा यतिबेला पिच भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

यस्तै नेपालटारबाट फुटुङ जाने सडकमा पनि मर्मत भइरहेकाले सवारीसाधनलाई एक लेनमा आलोपालो चलाइएको छ।

ललितपुरको हरिसिद्धी ठैव र बसुन्धराबाट टोखा जाने सडकमा पनि सवारी आवागमन प्रभावित भएको छ।

यस बाहेक उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्