लागुऔषधसहित एक युवक पक्राउ
<p style="text-align: justify;">काठमाडौं। सुनसरी धरान-१५ विशालचोकका ३८ वर्षीय विजयकुमार रोक्का ब्राउनसुगरसहित पक्राउ परेका छन्।</p>
<p style="text-align: justify;">सोमबार राति करिब ८ बजे उनलाई इलाका प्रहरी कार्यालयको टोलीले धरानको साम्पाङ चोकबाट पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">को. १० प. ६२५९ नम्बरको मोटरसाइकलमा सवार रोक्काको साथबाट १२ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर र नगद १० हजार ९६० बरामद गरेको प्रहरीले बताएको छ। </p>
<p style="text-align: justify;">धरान प्रहरीको हिरासतमा रहेका उनीमाथि अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ। </p>