काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ४१ सवारीसाधनलाई कारबाही गरिएको छ।
जोरबिजोर प्रणाली उल्लंघन गरेका कारण ती सवारीसाधन हिजो नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधनमा ८५७ ओटा दुई पाङ्ग्रे र १८४ ओटा ४ पाङ्ग्रे रहेका छन्।
उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि नम्बरप्लेटको आधारमा सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरिएको छ। आज बिजोर नम्बरका सवारीसाधन चलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
आइतबार ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली उल्लंघन गर्ने एक हजार २१ सवारी साधनलाई नियन्त्रणमा लिएको थियो।
जोरबिजोर प्रणाली उल्लंघन गरेको आरोपमा शनिबार काठमाडौं उपत्यकाबाट ९५७ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।
" /> काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ४१ सवारीसाधनलाई कारबाही गरिएको छ।जोरबिजोर प्रणाली उल्लंघन गरेका कारण ती सवारीसाधन हिजो नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।

">