काठमाडौं। पछिल्ला दिनमा उपत्यका आउजाउ गर्ने यात्रुको संख्या बढिरहेको छ।
पछिल्लो २४ घण्टामा विभिन्न नाकाबाट काठमाडौं उपत्यका आवतजावत गर्ने यात्रुको संख्या बढेको छ। पछिल्लो चौबिस घण्टामा ४२ हजार ३९४ जना यात्रुले काठमाडौं आउजाउ गरेका छन्।
ट्राफिक प्रहरीका अनुसार गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी पाँच हजार १०५ ओटा सवारीसाधनमा २१ हजार २९९ यात्रु उपत्यका भित्रिएका छन्।
सोही अवधिमा पाँच हजार २९ ओटा सवारीसाधनमा २१ हजार ९५ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। आइतबारभन्दा सोमबार तीन हजार ४२४ बढी यात्रुले काठमाठौं उपत्यकामा आवतजावत गरेका छन्।
आइतबार कूल ३८ हजार ९७० जना यात्रुले काठमाडौं उपत्यकामा आउजाउ गरेका थिए। आइतबार विभिन्न नाका प्रयोग गरी चार हजार ५५६ ओटा सवारी साधनमा १६ हजार ९७२ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका थिए भने ५ हजार १०२ ओटा सवारी साधनमा २१ हजार ९९८ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।
शनिबार ३७ हजार २३० जना यात्रुले काठमाडौं आउजाउ गरेका थिए। शनिबार विभिन्न नाका प्रयोग गरी ४ हजार ८४६ ओटा सवारीसाधनमा १८ हजार ७७ जना यात्रु उपत्यका भित्रिएका थिए।
शनिबार नै ४ हजार ८२६ ओटा सवारी साधनमा १९ हजार १५३ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।
" /> काठमाडौं। पछिल्ला दिनमा उपत्यका आउजाउ गर्ने यात्रुको संख्या बढिरहेको छ।पछिल्लो २४ घण्टामा विभिन्न नाकाबाट काठमाडौं उपत्यका आवतजावत गर्ने यात्रुको संख्या बढेको छ। पछिल्लो चौबिस घण्टामा ४२ हजार ३९४ जना यात्रुले काठमाडौं आउजाउ गरेका छन्।

">