काठमाडौं। उत्तर कोरियाली शासक किम जोङ उनको अघिल्तिर थुप्रै नकारात्मक विशेषण प्रयोग हुँदै आएका छन्। क्रूर, निरंकुश, सनकी, फासिष्ट, जनहत्यारा आदि।
आफूलाई मन नपरेको वा आफूले देश सञ्चालन गर्दा अपनाएको विधिको विरोध गर्नेलाई आर्थिक जरिवानाका साथै वर्षौं जेलमा कोच्न अघि सरेका छन् उनी। त्यतिमात्र होइन, विरोधीलाई भोका जंगली कुकुरको आहारा समेत बनाउन कस्सिन्छन् उनी। उनका यस्ता सनकी आदतका कारण उत्तर कोरियाका थुप्रै लोकतन्त्रप्रेमी, विद्वान्ले मात्र होइन प्रतिपक्षीहरुले समेत देश छाडिरहेका छन्।
उनलाई विरोधीको छायाँ पनि मन पर्दैन। यस्तो लाग्छ, उनी छायाँको पनि हत्या गर्न उक्सन्छन्। उनलाई आफूमाथि गरिएको प्रश्न बिलकुलै मन पर्दैन। प्रश्न गर्ने मुख उनी थुन्न चाहन्छन्। केही साताअघि मात्रै उनले लिएको आर्थिक नीति र राजनीति बेठीक भएको प्रतिक्रिया जनाउने एक व्यक्तिलाई उनले जेलमा कोचिदिएका थिए।
के यस्ता निरंकुशको आँखामा पनि आँसु आउँछ ? त्यो पनि आफ्नो कमजोरी स्वीकार गरेर !
अचम्म ! किम आफ्नो पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको समारोहमा बोल्दा निकै भावुक भए। उनले आँसु खसाल्दै जनतासँग माफी मागे ! पहिलो पटक अपत्यारिलो उनको क्रियाकलाप देखेर जनता छक्क परे। यतिखेर उनी चौतर्फी दबाबमा छन्।
कोरोना भाइरस महामारीमा आफू जनतासँग उभिन नसकेकोमा उनले माफी पनि मागे। उनले सम्बोधनमा भने, ‘‘म जनताको विश्वासमा खरो उत्रन सकिनँ, त्यसैले माफी चाहन्छु। मलाई मेरा पूर्वजको महान् कार्य सम्झना भइरहेको छ। मलाई पूर्वजले देश चलाउन दिएको जिम्मेवारी निर्वाह गर्ने क्रममा मैले गरेको प्रयास र इमानदारी पर्याप्त भएन।’’
यस्तो समारोहमा किमले आँसु चुहाउनु ठूलो कुरो रहेको उत्तर कोरियाका कोरियन इन्स्टिच्युट अफ नेसनल युनिफिकेसनका निर्देशक होङ मिन बताउँछन्। उनी भन्छन्, ‘‘उनको सन्देशभित्र थुप्रै दबाब लुकेको बुझ्न सकिन्छ।’’
उनले सम्बोधन गरिरहँदा आफ्नो चस्मा निकाले र आँसु पुछे। संसार यतिखेर कोरोना महामारीका कारण पीडित रहेको बताए। छिमेकीसँगको सम्बन्धबारे पनि बोले। दक्षिण कोरियासँग सम्बन्ध सुधार्न आफू लागिपरेको बताए। कार्यक्रममै परमाणु हतियारबाट सजिएको २२ चक्कायुक्त मिसाइल ह्वासङ-१५ पेश गरे।

विशेषज्ञहरुका अनुसार उत्तर कोरियाले बनाएको नयाँ मिसाइल अमेरिकाको कुनै पनि क्षेत्रमा हमला गर्न सक्षम रहेको बताइरहेका छन्। यो संसारको सबैभन्दा लामो मिसाइल भएको पनि उनीहरुको भनाइ छ। किमले उक्त मिसाइल सैन्य परेडका क्रममा देखाएका थिए।
एकातिर उनी निकै भावुक बन्दै आँसु पुछिरहेका छन् भने अर्कोतिर संसारलाई नै भयभित पार्ने मिसाइल प्रस्तुत गरिरहेका छन् ! उत्तर कोरियाली निरंकुश शासकको यो विरोधाभासपूर्ण गतिविधिबारे अमेरिकालगायतका कुनै पनि मुलुकले औपचारिक प्रतिक्रिया दिएका छैनन्।
एकजना अमेरिकी अधिकारीले भने यसलाई ‘निराशाजनक’ कार्य बताएको ‘दि गार्जियन’ले लेखेको छ। ती अधिकारीले परमाणु निशस्त्रीकरण अत्यावश्यक बताएका छन्।
चीनसँगबाहेक उत्तर कोरियाको कुनै पनि मुलुकसँग न्यानो सम्बन्ध छैन। तर, कोरोना संक्रमण फैलन थालेलगत्तै उनले चीनबाट आउने एकजनालाई पनि कोरिया प्रवेश गर्न नदिने घोषणा गरेका थिए।
(एजेन्सीहरुको सहयोगमा)
" /> काठमाडौं। उत्तर कोरियाली शासक किम जोङ उनको अघिल्तिर थुप्रै नकारात्मक विशेषण प्रयोग हुँदै आएका छन्। क्रूर, निरंकुश, सनकी, फासिष्ट, जनहत्यारा आदि।आफूलाई मन नपरेको वा आफूले देश सञ्चालन गर्दा अपनाएको विधिको विरोध गर्नेलाई आर्थिक जरिवानाका साथै वर्षौं जेलमा कोच्न अघि सरेका छन् उनी। त्यतिमात्र होइन, विरोधीलाई भोका जंगली कुकुरको आहारा समेत बनाउन कस्सिन्छन् उनी। उनका यस्ता सनकी आदतका कारण उत्तर कोरियाका थुप्रै लोकतन्त्रप्रेमी, विद्वान्ले मात्र होइन प्रतिपक्षीहरुले समेत देश छाडिरहेका छन्।

">