चितवन। भरतपुर महानगरपालिकाका मुख्य सहरी क्षेत्रमा आकर्षक बत्ती जडान गरी झिलीमिली बनाइने भएको छ।
महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणले सहकार्य गरी ११ करोड ४९ लाख ८९ हजार ३०० रूपैयाँ खर्च गरी महानगरलाई झिलीमिली सहर बनाउन लागिएको हो।
महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा स्मार्ट स्ट्रिट लाइट जडानका लागि बोलपत्र स्वीकृत भइसकेको जानकारी दिइन्।
गएको शनिशार एकहप्ते आशयपत्रको सूचना जारी भइसकेको छ। यो अवधि सकिएपछि १५ दिनभित्र ठेकेदार कम्पनीसँग सम्झौता भई काम अघि बढ्ने उनले बताइन्। काम सुरु भएपछि ६ महिनामा सम्पन्न हुने अनुमान गरिएको छ ।
विद्युतीकरणका लागि प्राधिकरणले ९० प्रतिशत र महानगरपालिकाले १० प्रतिशत लगानी गर्दैछ।
प्रमुख दाहालले भनिन्, “यसले महानगरको सौन्दर्यता बढाउने छ।”
आम महानगरवासीले थप सुविधा पाउने पनि महानगरको अपेक्षा छ। देशका महानगरपालिकाहरुमा प्राधिकरणसँग मिलेर स्मार्ट स्ट्रिट लाइट जडान गर्ने महानगर भरतपुर पहिलो हुने भएको छ। रासस
" /> चितवन। भरतपुर महानगरपालिकाका मुख्य सहरी क्षेत्रमा आकर्षक बत्ती जडान गरी झिलीमिली बनाइने भएको छ।महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणले सहकार्य गरी ११ करोड ४९ लाख ८९ हजार ३०० रूपैयाँ खर्च गरी महानगरलाई झिलीमिली सहर बनाउन लागिएको हो।

">