म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महीनासम्म पनि मोटरेबल पुल निर्माण शुरू भएको छैन।
परामर्शदाताले गरेको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको हो। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले १७ माघ २०७६ मा फेवा-बिएम जेभीसँग दुई करोड ८१ लाखमा ठेक्का सम्झौता गरेको थियो।
सम्झौतालगत्तै पुल बनाउन उपकरण र सामान लिएर गए पनि डीपीआर र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि फर्किएको निर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताए।
“दुई महीनासम्म मैले लगेका मेसिन खोला किनारमै राखेर फिर्ता गर्नुपर्यो”, उनले भने, “प्राधिकरणले नयाँ डिजाइन स्वीकृत गर्न ढिलाइ गरेकाले काम शुरू गर्न सकेका छैनौं ।” पुल निर्माणका लागि ठेकेदारले लगेका रडलगायतका निर्माण सामग्री किनारमै राखिएको छ ।
२५ मिटर लामो पुल बनाउनुपर्नेमा काठमाडौंको परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटर लामो पुलको डीपीआर बनाएको थियो । सोही डीपीआरको आधारमा ठेक्का लगाइएकाले ९ महिनासम्म पनि पुल निर्माण शुरू नभएको बताइएको छ।
गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्धार गाउँ जोड्ने सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माणका लागि योजना परेको थियो । घारखोलामा पुल नहुँदा २०० घरधुरीको बसोबास भएको चार वर्षअघि सडक पुगेको पाउद्धार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुने गरेको छ ।
डीपीआरमा प्राविधिक त्रुटि भेटिएपछि पुनःडिजाइन गर्न प्राधिकरणबाट स्वीकृति लिइसकेको एकाइका प्रमुख नारायण ढकालले बताए।
“डिजाइन संशोधन गरेर २५ मिटरकै पुल बनाउन स्वीकृति पाएका छौँ”, उनले भने , “ठेकेदारलाई काम शुरु गर्न निर्देशन दिएका छौँ।” रासस
" /> म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महीनासम्म पनि मोटरेबल पुल निर्माण शुरू भएको छैन।परामर्शदाताले गरेको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको हो। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले १७ माघ २०७६ मा फेवा-बिएम जेभीसँग दुई करोड ८१ लाखमा ठेक्का सम्झौता गरेको थियो।

">