भोजपुर। भोजपुरबाट तराई आवतजावत गर्न सबैभन्दा छोटो दूरीमा पर्ने दुधकोशी नदीको चुहारमा पक्की पुल बन्ने भएको छ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिजो एक कार्यक्रमका बीच सो मोटरेबल पुलको शिलान्यास गरेका छन्। उक्त पुल हतुवागढी गाउँपालिका-९ को चुहारमा निर्माण हुन लागेको हो।
उदयपुरको बेलका नगरपालिकाको मैनामैनी हुँदै तराईलाई जोड्ने पुलले भोजपुरको विकासमा टेवा पुग्ने बताइएको छ।

२१ करोड २३ लाख १२ हजार ४०७ रूपैयाँ कुल लागत रहेको सो पक्की पुल निर्माणको लागि कालिका प्यासिफिक जेभीसँग ठेक्का सम्झौता गरिएको छ।
शिलान्यास गर्दै मुख्यमन्त्री शेरधन राईले संघीयताका कारण गाउँगाउँमा ठूला पूर्वाधार निर्माण सम्भव भएको बताए।
कार्यक्रममा भोजपुरका संघीय सांसद सुदन किराती, स्थानीय तहका जनप्रतिनिधि, भोजपुर र उदयपुरका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित थिए।
" /> भोजपुर। भोजपुरबाट तराई आवतजावत गर्न सबैभन्दा छोटो दूरीमा पर्ने दुधकोशी नदीको चुहारमा पक्की पुल बन्ने भएको छ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिजो एक कार्यक्रमका बीच सो मोटरेबल पुलको शिलान्यास गरेका छन्। उक्त पुल हतुवागढी गाउँपालिका-९ को चुहारमा निर्माण हुन लागेको हो।

">