काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३ बस्ने गोरखा नगरपालिका–६ घर भएका ५२ वर्षीय राजेशबाबु श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत पाटनले २०७७ जेठ ३० गते उनलाई १५ दिन कैद र ३४ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले चितवन रत्ननगरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हा ।
श्रेष्ठले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी एक महिलालाई बैंकको चेक दिएका थिए। सापटी लिएको रकम फिर्ता गर्नका लागि उनले विभिन्न बैंकहरूको चेक काटी दिएका थिए। चेक साट्न जाँदा पैसा नभएपछि ती महिलाले उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन्। सो मुद्दामा उच्च अदालत पाटनले श्रेष्ठलाई उक्त कैद तथा जरिवाना फैसला गरेको थियोे।
उनलाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत चितवनमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ।
" /> काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३ बस्ने गोरखा नगरपालिका–६ घर भएका ५२ वर्षीय राजेशबाबु श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।उच्च अदालत पाटनले २०७७ जेठ ३० गते उनलाई १५ दिन कैद र ३४ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले चितवन रत्ननगरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हा ।

">