काठमाडौं। नेपाली नागरिकता लिएर सुनचाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेको अभियोगमा भारतीय नागरिक सुनिल सोनी (सुनिल सुनार)विरुद्ध मुद्दा दर्ता भएको छ।
राजस्व अनुसन्धान विभागले सुनिलविरुद्ध दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार ९४३ रूपैयाँ विगो कायम गरी आज बुटवलस्थित उच्च अदालत तुल्सीपुरमा मुद्दा दर्ता गरेको हो।
भारतीय नागरिक सोनीले सुनिल सुनारको नाममा नेपाली नागरिकताको प्रमणपत्र लिएको खुलेको छ।
सोनी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ मा सञ्चालित सोनी ज्वेलर्सको प्रोपाइटर तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका मुख्य सञ्चालक हुन्। उनले सिद्धार्थनगर नगरपालिका–६ का अमित परियारसँग मिलेर सुनचाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गर्ने गरेको पाइएको विभागले जनाएको छ।
विशेष सूचनाको आधारमा विभागको कार्यालय बुटवलबाट खटिएको टोलीले गत असार ३० गते बुटवल महानगरपालिका–११ स्थित चौराहाबाट सोनीको कारभित्र बोरामा लुकाई छिपाई राखेको नगद र निजको साथमा रहेको मोबाइसमेत बरामद गरी निजलाई पक्राउ गरेको थियो।
पक्राउपछि गरिएको अनुसन्धानबाट भारतीय नागरिक सोनीले सुनचाँदीको अवैध आयात निर्यात तथा बिक्री कारोबार गर्ने गरेको तथा मोबाइलको माध्यमबाट विभिन्न व्यक्तिहरूसँग कारोबार गर्ने गरेको खुलेको छ। कारोबारस्थलबाट बरामद गरिएका बैंक दाखिला भौचर, बैंक स्टेटमेन्ट र मोबाइलबाट प्राप्त बैंक भौचरका आधारमा विभिन्न व्यक्तिलाई रकम भुक्तानी दिएको लगायत प्रमाण विभागले फेला पारेको छ।
‘‘बरामद गरिएको प्रमाणका आधारमा निजले बैंक तथा भन्सार विन्दुबाहेक अन्य बाटोबाट सुनचाँदी चोरी पैठारी गरी अवैधरूपमा बिक्री गर्ने, सोबाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिलाई भुक्तानी दिने र लिने गरेकोले अवैध सुनचाँदीको चोरी पैठारी निकासी गरी कारोबार गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ (क) र (ग) बमोजिम राजस्व चुहावट कसूर गरेको पुष्टि हुन आएको छ,’’ विभागद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
विभागले मुख्य कारोबारी सुनिल तथा मतियार अमित परियारसहितबाट दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार ९४३ रूपैयाँ विगो असुली, जरिवाना तथा कैद सजायको मागदाबी गरेको छ।
" /> काठमाडौं। नेपाली नागरिकता लिएर सुनचाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेको अभियोगमा भारतीय नागरिक सुनिल सोनी (सुनिल सुनार)विरुद्ध मुद्दा दर्ता भएको छ।राजस्व अनुसन्धान विभागले सुनिलविरुद्ध दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार ९४३ रूपैयाँ विगो कायम गरी आज बुटवलस्थित उच्च अदालत तुल्सीपुरमा मुद्दा दर्ता गरेको हो।

">