काठमाडौँ। कोभिड–१९ को विश्वव्यापी महामारीबीच बुकहिल पब्लिकेसनले दसैँको समय लक्षित गरी तीन पुस्तक सार्वजनिक गरेको छ।
हिन्दी, अङ्ग्रेजी र नेपाल भाषा गरी तीन भाषाबाट अनुदित पुस्तकहरू आज सार्वजनिक गरिएको पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्काले एक विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
आज सार्वजनिक पुस्तकमा भारतीय प्रथम महिला मानवशास्त्री इरावती कर्वेको ‘युगान्त : द एन्ड अफ एन इपोक’को सुजित मैनालीद्वारा नेपालीमा अनुवादित ‘युगान्त : महाभारतको महामृत्यु’, अमेरिकी लेखक जोन स्टेनबेकको विश्वप्रसिद्ध उपन्या ‘अफ माइस एन्ड मेन’को गणेश पौडेलद्वारा नेपालीमा अनुवादित ‘मुसा मानुष’ र नेपाल भाषाको उपन्यास ‘व लँपुः थ्व पलाः’को राजेन्द्र महर्जन तथा महेशराज मर्हजनद्वारा नेपालीमा अनुवादित ‘विभुक्ति’ रहेका छन्।
नेपाल भाषाबाट अनुदित ‘विमुक्ति’मा बौद्ध भिक्षुणीमार्फत् बुद्धको उपदेश र जनयुद्धमा बन्दुक बोकेर हिँडेकी छापामार युवतीको वैयक्तिक अन्तरद्वन्द्व खोतलिएको छ। दुवैको मार्ग फरक भएता पनि मुक्ति र वर्गीय समाजको अन्त्यको लक्ष्य दुवैले लिएको कथा यसमा पाइन्छ। उपन्यासबारे लेखक मल्ल के. सुन्दर भन्छन्, “जनयुद्धको कथामार्फत् मैले नेपाली समाजको वर्गीय विभेदको चित्रलाई उपन्यासमा प्रस्तुत गर्ने कोशिश गरेको छु।”
भारतीय साहित्य अकादमी पुरस्कारद्वारा सन् १९६७ मा सम्मानित पुस्तकको नेपाली अनुवाद ‘युगान्त : महाभारतको महामृत्यु’ युवा लेखक तथा इतिहासद्रष्टा सुजित मैनालीले गरेका हुन्। यसलाई महाभारतको आधुनिक उत्खनन बताउँदै मैनाली भन्छन्, “यो गहन अनुसन्धानमा आधारित गैर–आख्यानतर्फको उत्कृष्ट कृति हो। पात्रको फरक दृष्टिकोणको चरित्र–विधान यस पुस्तकमा छ।” उनले यसलाई आख्यानिक भाषा शैलीमा ढाले पनि महाभारतसम्बन्धी अनुसन्धानात्मकतालाई यथावत् राखेको जनाएका छन्।
त्यस्तै, तेस्रो पुस्तक साहित्यमा नोबेल पुरस्कार जितेका जोन स्टेनबेकको उपन्यासले सन् १९३० को महामन्दीपछि अमेरिकामा भुइँमान्छेले बाँच्नका निम्ति गरेको सङ्घर्ष र दुई मित्र जर्ज र लेनीको हृदयविदारक कथा चित्रण गर्दछ। यस उपन्यासबारे अनुवादक गणेश पौडेल भन्छन्, “यो मेरो किशोर बेलाको पठनको उत्कृष्ट उपन्यास थियो, जसलाई मैले आजीवन भुल्न सकिनँ र नेपाली पाठकका निम्ति अनुवाद गरेँ।” यस पुस्तकको अनुवादमा संवादलाई अनुवादक पौडेलले पश्चिमाञ्चल क्षेत्रको स्थानीय लवजमा प्रस्तुत गरेका छन्।
यी तीन पुस्तकहरूले नेपाली अनुवाद साहित्यमा टेवा पुग्ने र विश्वसनीय अनुवादलाई पाठकले रुचिपूर्ण तरिकाले ग्रहण गर्ने विश्वास भएको पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्काले जनाएका छन्।
" /> काठमाडौँ। कोभिड–१९ को विश्वव्यापी महामारीबीच बुकहिल पब्लिकेसनले दसैँको समय लक्षित गरी तीन पुस्तक सार्वजनिक गरेको छ।हिन्दी, अङ्ग्रेजी र नेपाल भाषा गरी तीन भाषाबाट अनुदित पुस्तकहरू आज सार्वजनिक गरिएको पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्काले एक विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

">