काठमाडौं। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको संख्या ७९ लाख ९१ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार जानकारी दिएको छ। पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या दुई लाख १९ हजार नाघेको छ।
कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७१ लाख २० हजार भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ९ हजार जनाको मृत्यु भइसकेको छ ।
तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ९४ हजार नाघेको छ। सङ्क्रमणको कारण एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १३ लाख १२ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार ७२२ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।
कोलम्बियामा ९ लाख ११ हजार ३१६ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ८३४ जनाको मृत्यु भएको छ।
अर्जेन्टिना ८ लाख ९४ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २३ हजार ८६८ जनाको मृत्यु भएको छ।
स्पेनमा ८ लाख ९० हजार ३६७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ।
पेरुमा ८ लाख ४९ हजार ३७१ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार ३०५ जनाको मृत्यु भएको छ।
मेक्सिकोमा ८ लाख ३७ हजार ७८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ७८१ जनाको मृत्यु भएको छ।
फ्रान्समा ७ लाख ३४ हजार ९७४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ६८३ जनाको मृत्यु भएको छ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु भएकाको संख्या ११ लाख नजिक पुगेको छ ।
यस भाइरसबाट सङक्रमित भएकाको संख्या विश्वभर तीन करोड ७७ लाख ७९ हजार पुगेको छ। कूल सङ्क्रमितमध्ये दुई करोड ८३ लाख ३६७ हजार भन्दा बढी निको भएका छन् भने करिब ८२ लाख ८२ हजार मानिस सक्रिय सङ्क्रमित छन्।
विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ।
युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ।
" /> काठमाडौं। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको संख्या ७९ लाख ९१ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार जानकारी दिएको छ। पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या दुई लाख १९ हजार नाघेको छ।कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७१ लाख २० हजार भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ९ हजार जनाको मृत्यु भइसकेको छ ।

">