कैलाली। कैलालीको पुरानो सदरमुकाम भजनीमा आजबाट स्थायी रुपमा ट्राफिक प्रहरी रहने भएको छ। यसअघि बेलाबेलामा मात्रै ट्राफिक प्रहरी खटाइने गरिएको भजनीमा आजबाट भने दुईजना स्थायी रुपमै ट्राफिक प्रहरी रहने व्यवस्था भएको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय सुदूरपश्चिम प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक वामदेव गौतम र भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले संयुक्त रुपमा अस्थायी ट्राफिक प्रहरी पोस्टको उद्घाटन गरेका छन्।
भजनी नगरपालिकाको लगानीमा बनेको अस्थायी ट्राफिक प्रहरी पोस्टबाट सेवा शुरु गरिने प्रहरी उपरीक्षक गौतमले बताए। उनले चाडपर्वको बेला मात्रै रहने ट्राफिक प्रहरी अबदेखि २४ सै घण्टा भजनी क्षेत्रमा रहने बताए।
भजनी नगरपालिकाका मेयर चौधरीले ट्राफिक प्रहरी नहुँदा यातायातका साधन व्यवस्थापनमा निकै समस्या हुने गरेको बता । उनले ट्राफिक प्रहरीको उपस्थितिपछि हेलमेट नलगाउने, तोकेको संख्या भन्दा बढी सवारी बोक्ने, मापसे गरेर सवारीसाधन चलाउने लगायत नियमविपरीतका गतिविधि नियन्त्रण हुने विश्वास व्यक्त गरे।
" /> कैलाली। कैलालीको पुरानो सदरमुकाम भजनीमा आजबाट स्थायी रुपमा ट्राफिक प्रहरी रहने भएको छ। यसअघि बेलाबेलामा मात्रै ट्राफिक प्रहरी खटाइने गरिएको भजनीमा आजबाट भने दुईजना स्थायी रुपमै ट्राफिक प्रहरी रहने व्यवस्था भएको हो ।प्रदेश ट्राफिक प्रहरी कार्यालय सुदूरपश्चिम प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक वामदेव गौतम र भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले संयुक्त रुपमा अस्थायी ट्राफिक प्रहरी पोस्टको उद्घाटन गरेका छन्।

">