काठमाडौं। काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट करिब १५० ग्राम बराबरको तीन थान सुन जस्तो देखिने पहेंलो धातु प्रहरीले फेला पारेको छ।
सुनको बाला जस्तो देखिने उक्त धातु रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगर बस्ने २५ वर्षीय अनिल पाण्डेको साथमा आइतबार भेटिएको थियो।
उक्त स्थानमा खटिएको प्रहरीले पाण्डेलाई उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो।
यस्तै, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित डेढ किलोबाट १ किलो फाइन गोल्ड लेखिएको सुन जस्तो देखिने पहेँलो धातु सहित दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बाह्रविसे नगरपालिका–२ कर्थली बस्ने २४ वर्षीय उमेश भन्ने भीमबहादुर तामाङ र सोही ठाउँ बस्ने २७ वर्षीय अर्जुन तामाङ रहेका छन्।
सुनकोशी गाउँपालिका-७ स्थित डेढ किलोबाट जामुनेतर्फ जाने बाटोमा धातुको कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले उक्त धातु देखाई ठगी गर्ने भीम बहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो।
त्यसपछि थप अनुसन्धान गर्दा उक्त कारोबारमा संलग्न अर्जुनलाई लिसंखुपाखर गाउँपालिका–६ लामिडाँडामा प्रदेश ३–०२–००१ प ७४२४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।
घटनाहरूका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट करिब १५० ग्राम बराबरको तीन थान सुन जस्तो देखिने पहेंलो धातु प्रहरीले फेला पारेको छ।सुनको बाला जस्तो देखिने उक्त धातु रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगर बस्ने २५ वर्षीय अनिल पाण्डेको साथमा आइतबार भेटिएको थियो।

">