काठमाडौं। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण, हेटौंडामा सञ्चालित १३६औं समूहको ट्राफिक नियन्त्रण तालिम सम्पन्न भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा सोमबार आयोजित कार्यक्रमबीच उक्त तालिम समापन भएको हो।
तालिम समापनका अवसरमा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा ढकालले प्रहरी संगठनको नीति निर्देशनलाई अँगालेर सजग, सचेत तथा इमानदार भई तालिमबाट सिकेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई निर्देशन दिएका थिए।
सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा प्रकाशित ‘वार्षिक प्रगति विवरण’ पुस्तक विमोचनसमेत गरेका थिए। पुस्तकमा २०७६ साउनदेखि २०७७ असारसम्मको प्रगति विवरण समावेश गरिएको छ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत भदौ ४ गतेदेखि सञ्चालित उक्त तालिममा ६३ जना प्रहरी जवानहरूले तालिम हासिल गरेको जानकारी दिए।
" /> काठमाडौं। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण, हेटौंडामा सञ्चालित १३६औं समूहको ट्राफिक नियन्त्रण तालिम सम्पन्न भएको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा सोमबार आयोजित कार्यक्रमबीच उक्त तालिम समापन भएको हो।

">