काठमाडौं। नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले एक गाउँका १२ जना सर्वसाधारणको गोली हानी हत्या गरेका छन्।
बन्दुकधारीले कादुना राज्यको गिवा गाउँमा गाउँलेको हत्या गरेका हुन्। ठूलो संख्यामा आएका बन्दुकधारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कैयौँलाई गम्भीर घाइते बनाएका छन्।
शुक्रबार र शनिबार सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको छ। तर ती गाउँलेको कसले र किन हत्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन। गिवा गाउँको किदान्दान र कदाई भन्ने स्थानमा ती बन्दुकधारीहरुले गाउँलेमाथि हमला गरेका थिए।
ती गाउँमा गएका केही महीनादेखि हिंसाका घटना भइरहेका छन्। तर ती हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन।
ती जिल्लाका जिल्ला प्रमुखहरूले शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मी माग गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ। रासस/एएनआई
" /> काठमाडौं। नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले एक गाउँका १२ जना सर्वसाधारणको गोली हानी हत्या गरेका छन्।बन्दुकधारीले कादुना राज्यको गिवा गाउँमा गाउँलेको हत्या गरेका हुन्। ठूलो संख्यामा आएका बन्दुकधारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कैयौँलाई गम्भीर घाइते बनाएका छन्।

">