मकवानपुर। मकवानपुरको थाहा नगरपालिका-१०, चित्लाङ बिसिङ्खेलमा हरेक वर्ष कात्तिक १ गते लाग्ने अम्बेजात्रा यस वर्ष स्थगन गरिएको छ।
कोरोना भाइरसको जोखिम कायमै रहेकाले जात्रा स्थगन गरिएको हो।
थाहा नगरपालिका-१० का वडाध्यक्ष हिराबहादुर गमालले हिन्दू धर्मअनुसार ६४ शिवलिङ्गमध्ये एक मानिने चम्पाकेश्वर मन्दिर परिसरमा लाग्ने अम्बेजात्रामा यस वर्ष नित्यपूजा र क्षमापूजा मात्र हुने बताए।
“अघिल्ला वर्षमा जस्तो बजार राख्ने, लाखबत्ती बाल्ने, रुद्री गर्ने जस्ता क्रियाकलाप बन्द गरिने छ,” उनले भने।
जात्रामा हरेक वर्ष मकवानपुरका मात्र नभई धादिङ, काठमाडाैं, भक्तपुर, ललितपुरलगायत जिल्लाबाट समेत भक्तजनको घुइँचो लाग्ने गरेको थियो।
अम्बेजात्रालाई स्थानीयवासी गोपाली (गोपालवंशका मानिने)ले विशेष महत्व दिएर मनाउने गरेका थिए। रासस
" /> मकवानपुर। मकवानपुरको थाहा नगरपालिका-१०, चित्लाङ बिसिङ्खेलमा हरेक वर्ष कात्तिक १ गते लाग्ने अम्बेजात्रा यस वर्ष स्थगन गरिएको छ।कोरोना भाइरसको जोखिम कायमै रहेकाले जात्रा स्थगन गरिएको हो।

">