काठमाडौं। भन्सार छलेर सामान ल्याई राजस्व चुहावट गर्ने तथा अवैध रूपमा विदेशमा पैसा पठाउने एक व्यापारीविरूद्ध करिब दुई अर्ब रूपैयाँ विगोसहित विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता भएको छ।
राजस्व अनुसन्धान विभागले हाइटेक इन्टरनेसनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठविरूद्ध एक अर्ब ७१ करोड ५६ लाख २८ हजार रूपैयाँ विगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो। विभागले गत बिहीबार (असोज २२) उक्त मुद्दा अदालतमा दर्ता भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।
मुद्दामा विभागले विगो बराबरको रकम असुल गरी विगोको तीन गुणासम्म जरिवाना र तीन वर्ष कैद सजायसमेत मागदाबी गरेको छ।
श्रेष्ठले भन्सार विन्दुबाट मालवस्तु पैठारी गर्दा लुकाई छिपाई चोरी पैठारी गरी नेपाल ल्याएर त्यसको यथार्थ कारोबार नदेखाउने र वास्तविक कारोबारको विवरण छुट्टै लेजरमा अभिलेख राखी राजस्व चुहावटसमेत गरेको विभागको अनुसन्धानबाट खुलेको जनाएको छ।
‘‘चोरी पैठारी गरी ल्याएको मालवस्तुको भुक्तानीको लागि बैंकको स्वीकृतीसमेत नलिई गैरकानुनी रूपमा अवैध किसिमले विदेशमा रकम पठाई एक अर्ब ७१ करोड ५६ लाख २८ हजार रूपैयाँ विदेशी विनिमय अपचलन गरेकोले विदेशी विनिमय (नियमित गर्ने) ऐनबमोजिम कसूर गरेको देखियो,’’ विभाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौं। भन्सार छलेर सामान ल्याई राजस्व चुहावट गर्ने तथा अवैध रूपमा विदेशमा पैसा पठाउने एक व्यापारीविरूद्ध करिब दुई अर्ब रूपैयाँ विगोसहित विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता भएको छ।राजस्व अनुसन्धान विभागले हाइटेक इन्टरनेसनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठविरूद्ध एक अर्ब ७१ करोड ५६ लाख २८ हजार रूपैयाँ विगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो। विभागले गत बिहीबार (असोज २२) उक्त मुद्दा अदालतमा दर्ता भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

">