टीकापुर। कैलालीको टीकापुरमा समुदायमा शान्ति सुरक्षा कायम गर्न टोल सुरक्षा समिति गठन गर्न थालिएको छ।
टोलको सुरक्षाको जिम्मा स्थानीयलाई नै दिने उद्देश्यका साथ टीकापुर नगरपालिका र इलाका प्रहरी कार्यालय टीकापुरको सहकार्यमा धमाधम समिति गठन थालिएको हो।
प्रहरीले स्थानीय नागरिकसंँग शान्ति सुरक्षाका क्षेत्रमा सहकार्य गर्ने, कुनै घटना भए अनुसन्धानमा सहयोग होस् भन्ने उद्देश्यका साथ यो अभियान थालेको हो।
टोल सुरक्षा समिति शान्ति सुरक्षामा बढी केन्द्रित हुनेछन्। स्थानीय परिवेशअनुसार समिति गठन हुन्छ।
वडाको भौगोलिक समस्या हेरेर, जनसङ्ख्याका हिसाबले पनि हुनेछ। हरेक वडामा १० भन्दा बढी समिति हुनेछन्।
प्रहरी र नगरपालिका मिलेर थालेको यो अभियानअन्तर्गत अहिलेसम्म वडा १, ४,८,६मा वडा र टोल सुरक्षा समिति गठन भइसकेका छन्। अन्य वडामा गठन कार्य चलिरहेको छ।
टोल सुरक्षा समिति वडास्तरीय ९ वटा र हरेक वडामा १० भन्दा माथि टोल सुरक्षा समिति गठन हुनेछन्।
वडा १ को जनसङ्ख्या र क्षेत्रफल धेरै रहेकाले यहाँ २२ वटा समिति गठन भएका छन्। नगरपालिकाभरि सयभन्दा बढी समिति गठन हुने देखिएको छ।
टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल ९ वटै वडाध्यक्षसँगको छलफलपछि सबै वडामा यो अभियान थालिएको जानकारी दिए। रासस
" /> टीकापुर। कैलालीको टीकापुरमा समुदायमा शान्ति सुरक्षा कायम गर्न टोल सुरक्षा समिति गठन गर्न थालिएको छ।टोलको सुरक्षाको जिम्मा स्थानीयलाई नै दिने उद्देश्यका साथ टीकापुर नगरपालिका र इलाका प्रहरी कार्यालय टीकापुरको सहकार्यमा धमाधम समिति गठन थालिएको हो।

">