खाेटाङ। हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित छापडाँडाबाट खोटेहाङ गाउँपालिका-९, लिच्कीराम्चेकोे रसुवाघाटसम्म पहिलोपटक बस सेवा सञ्चालनमा ल्याइएको छ।
दसैँ/तिहार पर्वको अवसर पारेर आफ्नो घर आवतजावत गर्ने सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै आइतबारदेखि नियमित बस सेवा सञ्चालनमा ल्याइएको हो।
हलेसी तुवाचुङ-११ राजापानीको भाडबेँसीमा आयोजित कार्यक्रममा स्थानीय ९९ वर्षीया तुलसा बुढाथोकी, नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले बस सेवाको औपचारिक शुभारम्भ गरेका थिए।
छापडाँडाबाट-हलेसी-धितुङ-भाडबेँसी-रेग्मीटार-भण्डारेघाट-रमाइलो हुँदै रसुवाघाटसम्म खोटाङ यातायात प्रा.लि.को बस सञ्चालन हुने जनाइएको छ।
छापडाँडाबाट दैनिक बिहान ६ बजे र रसुवाघाटबाट छापडाँडाका लागि दैनिक बिहान साढे ११ बजे नियमित बस छुट्ने कार्यतालिका निर्माण गरिएको खोटाङ यातायात प्रा.लि.का वरिष्ठ उपाध्यक्ष टेकेन्द्र राईले जानकारी दिए। छापडाँडाबाट रसुवासम्मका लागि ४५० रूपैयाँ भाडा निर्धारण गरिएको यातायात प्रा.लि.ले जनाएको छ। रासस
" /> खाेटाङ। हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित छापडाँडाबाट खोटेहाङ गाउँपालिका-९, लिच्कीराम्चेकोे रसुवाघाटसम्म पहिलोपटक बस सेवा सञ्चालनमा ल्याइएको छ।दसैँ/तिहार पर्वको अवसर पारेर आफ्नो घर आवतजावत गर्ने सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै आइतबारदेखि नियमित बस सेवा सञ्चालनमा ल्याइएको हो।

">