चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलेर ल्याएको चार लाख ७५ हजार बराबरको कपडासहित ट्रक नियन्त्रणमा लिएको छ।
प्रहरी प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु. २ ख ३४० नम्बरको ट्रकमा भन्सार छलेर ल्याएको ९५० थान कुर्ता सलवार बरामद गरिएको हो।
भरतपुर महानगरपालिका-३ शहीदचोक नजिक चेकजाँचको क्रममा हिजो ती सामान बरामद गरिएको हो ।
बरामद गरिएका कपडा, ट्रक, चालक नवलपरासीपश्चिम सरावल गाउँपालिका-३ का ३७ वर्षीय रामबहादुर चौधरी र ३५ वर्षीया मिना केसीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको छ। रासस
" /> चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलेर ल्याएको चार लाख ७५ हजार बराबरको कपडासहित ट्रक नियन्त्रणमा लिएको छ।प्रहरी प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु. २ ख ३४० नम्बरको ट्रकमा भन्सार छलेर ल्याएको ९५० थान कुर्ता सलवार बरामद गरिएको हो।

">