इरान। इरानमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २५१ सङ्क्रमितको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले विगत २४ घण्टामा मृत्यु हुने कोभिड-१९ सङ्क्रमितको सङ्ख्या २५१ पुगेको र योसँगै अहिलेसम्म कूल २८ हजार ५४४ सङ्क्रमितको मृत्यु भएको बताए।
आइतबार अधिकारीहरूले दिएको तथ्याङ्कमा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या तीन हजार ८२२ रहेको र अहिलेसम्म कूल पाँच लाख ७५ जना सङ्क्रमित भएको उल्लेख छ।
इरानमा अहिलेसम्म निको हुने व्यक्तिको सङ्ख्या चार लाख छ हजारभन्दा बढी रहेको र चार हजार ४८२ जना सघन उपचार कक्षमा भर्ना भई चिकित्सकबाट उपचार सेवा लिइरहेको बताइएको छ।
हाल इरानका ३१ प्रान्तमध्ये २६ प्रान्तमा कोभिड-१९ सङ्क्रमणले महामारीको रूप लिएको उल्लेख प्रवक्ता लारीले गरे।
इरानमा पहिलो कोभिड-१९ विरामी गत फेब्रुअरी १९ मा पुष्टि भएको थियो। इरान र चीनबीच सङ्क्रमण नियन्त्रणका लागि आपसी सहयोग आदानप्रदान हुँदै आएको छ। रासस