काठमाडौँ। ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)को आह्वानमा जागरुक युवा समाजले काठमाडौँमा चौथो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको छ। समाजले काठमाडौं महानगरपालिका–२४ वडा कार्यालयसँगको संयुक्त आयोजनामा काठमाडौंको इतुम्बहालमा रक्तदान कार्यक्रम गरेको हो ।
अहिले महामारीको समयमा कुनै पनि विरामीले रगतको अभावका कारण ज्यान गुमाउन नपरोस् भनी समाजले रक्तदानलाई पनि तीव्रता दिएको समाजका सह सचिव साथै रक्तदान कार्यक्रम संयोजक राजीव श्रेष्ठले बताएका छन्।
“एक त महामारीको अवस्थामा रगतको माग पनि बढेको देखिन्छ भने अर्कोतर्फ आवश्यक कामबाहेक सर्वसाधारण घरभित्रै बस्ने भएको हुँदा रगतको अभाव हुने सम्भावना पनि बढेको छ,” समाजका सहसचिव श्रेष्ठले भने, “त्यसैले यहाँ रगतको अभाव हुन नदिन हामीले निरन्तर रुपमा रक्तदान कार्यक्रमको आयोजना गरीरहेका छौँ।”
सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमलाई सुरक्षित ढङ्गले सम्पन्न गर्न ब्लोदानका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), मास्क र सेनिटाइजरलगायतका आवश्यक सुरक्षा सामग्रीहरू काठमाडौँ महानगरपालिका–२४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले सहयोग गरेका थिए।

“रगत भनेको अरू औषधीहरूजस्तै बजारमा गएर पनि किन्न सकिँदैन, भन्नेबित्तिकै पाउन पनि गाह्रो हुनसक्छ,” २४ वडाका सदस्य, ब्लोदानका केन्द्रीय सदस्य र जागरुक युवा समाजका सल्लाहकार विनोद तुलाधर भन्छन्, “आजको विषम परिस्थितीमा रगतको अभावबाट कसैको अकालमा मृत्यु नहोस् भनेर हामीले रक्तदान कार्यक्रमलाई पनि प्राथमिकतामा राख्दै निरन्तर यस्ता कार्यक्रम गरिरहेका छौँ।”
कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए। पछिल्लो समयमा जागरुक युवा समाज विशेषतः काठमाडौंका भित्रि वस्तीमा फुटपाथ पसल हटाउ अभियानमा सक्रिय रहँदै आएको छ।
कार्यक्रममा केन्द्रीय रक्त सञ्चारका निर्देशक डा. मनिता राजकर्णिकार, केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिलगायत ब्लोदानका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो। समाजले यस अघि काठमाडौँको थँहिति, त्यौड र पुरानो ढल्कोमा रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ।