चीनको गरिबी नियन्त्रण अभियान : पाँच करोडभन्दा बढी गरिबीबाट मुक्त <p>बेइजिङ। &lsquo;तेह्रौं पञ्चवर्षीय योजना&rsquo; को अवधिमा चीनका पाँच करोडभन्दा बढी ग्रामीण वस्तीलाई गरिबीबाट मुक्त भएका गरिब जनता पूर्णरुपमा गरिबीबाट मुक्त भएका राष्ट्रिय गरीबी तथा जनसङ्ख्या ब्युरोको तथ्याङ्&zwj;कमा उल्लेख गरिएको छ।</p> <p>सन् २०१६ मा चीनमा गरीबी दर ४.५ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर ०.६ प्रतिशतमा झरेको तथ्याङ्&zwj;कले देखाएको छ। चालु वर्ष समग्र क्षेत्रमा गरीबी पूर्णतया उन्मुलन गर्ने चीन सरकार र खासगरी राष्ट्रपति सी चिनफिङको योजनामा चीनले सफलता पाएको अधिकारीहरूले बताएका छन्।</p> <p>&lsquo;तेह्रौँ पञ्चवर्षीय योजना&rsquo; को अवधिमा चीनमा गरीबहरूको आम्दानीमा व्यापक वृद्धि भएका ब्युरोको दाबीट छ। तथ्याङ्&zwj;क अनुसार गरिब जनसङ्ख्याको प्रतिव्यक्ति आय सन् २०१६ मा चार हजार १४२ युआन रहेकोमा सन् २०१९ मा बढेर नौ हजार ५७ युआन पुगेको छ। आयको औसत वार्षिक वृद्धि ३० प्रतिशत पुगेको छ भने चीनमा गरिबहरूको आय संरचना अझ अनुकूलित गरिएको छ र आफैंमा गरिबीबाट बच्न सक्ने क्षमता निरन्तर सुधारिएको छ।</p> <p>चालु वर्ष गरीबी निवारणको व्यापक लक्ष्य पूरा भएपछि चीनले सन् २०३० का लागि दिगो विकास कार्यक्रमअन्तर्गतको संयुक्त राष्ट्र संघको अजेन्डाको गरिबी निवारण लक्ष्य १० वर्षअघि नै पूरा गर्दै छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्